नक्कली कलाकार बनाएर पी थ्री भिसामा ल्याउनेबाट न्युयोर्कको अदालतमा गल्ती स्वीकार


प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार

अमेरिकी सरकारको युएससीआईएसलाई ढाँटेर नक्कली कलाकार बनाएर पी थ्री भिसामा अमेरिकामा मान्छे ल्याउने एकजना युवाले न्युयोर्कको अदालतसमक्ष आफ्नो अपराध स्वीकार गरेका छन् । उनले नाफा कमाउने उद्देश्यले नक्कली कलाकार बनाएर पी थ्री भिसामा ल्याएर भिसामा जालसाजी गरेको अदालतसमक्ष स्वीकार गरेका छन् ।

अमेरिकाको क्यालिफोर्निया निवासी ३२ बर्षीय अर्मेनियन नागरिकले इस्टर्न डिस्ट्रिक्ट अफ न्युयोर्कका न्यायाधिससमक्ष आफ्नो अपराध स्वीकार गरेका हुन् । उनलाई आगामी फरबरी २० मा सजाय सुनाइने भएको छ ।

उनले कैयन अर्मेनियनहरुलाई सांस्कृतिक समुहको सदस्य बताउँदै अमेरिकामा पी थ्री भिसामा ल्याएको खुलासा भएको छ । यसबापत उनले ती नक्कली कलाकारहरुबाट मोटो रकम समेत लिने गरेका थिए ।

पी थ्री भिसाले सांस्कृतिक रुपमा फरक क्षमता भएका कलाकारलाई अमेरिकामा अस्थायीरुपमा आउन र कार्यक्रमहरु गर्नका लागि अनुमति प्रदान गर्छ । त्यसका लागि अमेरिकी रोजगारदाता वा स्पोन्सर संस्थाले कलाकारका लागि फर्म आई १२९ भरेर आवेदन दिनुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com