जापानमा प्लाष्टिक झोलाको प्रयोगमा निरूत्साहन गर्ने वातावरणमैत्री कदम


प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार

वातावरण संरक्षणका लागि जापानका किराना पसल, सुपरमार्केट तथा औषधी पसलमा प्लाष्टिकको झोला प्रयोग गरेवापत अतिरिक्त शुल्क लगाउन सरकारको एक समिति शुक्रबार सहमत भएको छ ।

टोकियो ओलम्पिक्स पूर्वसन्ध्या अर्थात् सन् २०२० को जुलाईदेखि प्लाष्टिक प्रयोगलाई विश्वका अन्य मुलुकमा जस्तै अतिरिक्त शुल्क लिने र प्लाष्टिकको प्रयोगलाई निरूत्साहन गर्ने वातावरणमैत्री कदम जापानले चाल्न लागेको हो ।

तर प्लाष्टिकको झोला प्रयोग गरेवापत तिर्नुपर्ने शुल्क भने खुद्रा व्यापारीहरू आँफैले सहमतिमा तोक्नेगरी समितिले योजना अघि सारेको छ ।

सरकारले उपभोक्तालाई खुद्रा सामान किन्न जाँदा झोला बोकेर जानुपर्ने वानी बसाल्न प्रयास गर्ने र उनीहरूलाई सरकारले प्लाष्टिकको झोलालाई निरूत्साहित गर्नुको कारण बुझाउन जानकारीमुलक अभियानसमेत चलाउने र उनीहरूको जीवनशैलीलाई परिवर्तन गर्ने योजना शुक्रबार सार्वजनिक सरकारी योजनामा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै बर्षको जुनमा जापानको ओसाका शहरमा भएको विश्वका प्रमुख अर्थतन्त्र भएका यूरोपेली संघसहित १९ राष्ट्रहरूको संगठन जी–ट्वन्टी सम्मेलनले समुद्रमा प्लाष्टिकको मात्रालाई कम गर्न गरेको सहमति अनुसार जापानको यो कदम चालेको हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार अमेरिकापछि प्लाष्टिकजन्य फोहोर उत्पादनमा खासगरी जापानको भूमिका बढी रहेको छ । यसलाई लिएर वातावरण संरक्षण अभियानकर्मीले यस पूर्वी एशियाली मुलुकको आलोचना गरिरहेका छन् ।

जापानले अन्य देशको तुलनामा फोहोर व्यवस्थापन प्रणालीलाई चुस्त पारेको छ । जापानको ८६ प्रतिशतभन्दा बढी प्लाष्टिकजन्य फोहोरलाई पुनः प्रयोगमा ल्याउने गरेको सरकारको दावी रहेको छ ।

तर धेरैजसो पुनः प्रयोगमा ल्याइने प्लाष्टिक जापानमा उर्जा उत्पादन गर्नका लागि प्रयोग हुने र यसबाट कार्बन डाइअक्साइड निस्किने र यसले जलवायु परिवर्तनमा भूमिका खेल्ने गरेको हुन्छ ।

जापानले यहाँ उत्पादन हुने १० प्रतिशत प्लाष्टिकजन्य फोहोरलाई पुनः प्रयोगमा ल्याउनका लागि समुद्रपार पठाइने गरिन्छ । तर सही तरिकाले प्लाष्टिकलाई व्यवस्थापन नगरिँदा वा प्लाष्टिकलाई अव्यवस्थितरूपमा फाल्दा अन्ततः समुद्रमा पुग्ने वा जलाउँदा यसबाट वातावरणमा हानीकारक प्रदुषण फैलिने गरेको वातावरणविद्ले बताउछन् ।

सन् २०१८ मा जापान सरकारले प्लाष्टिक फोहोरलाई व्यवस्थापन गर्ने प्रस्ताव ल्याएको छ । जसबाट जापानले सन् २०३० सम्ममा हरेक बर्ष एक चौँथाईका दरले हालको ९४ लाख टन प्लाष्टिक फोहोरलाई घटाउने लक्ष्य जापानको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com