Follow @khasokhasmag

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत


प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार

नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन । भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन् ।

एक देशमा अपराध गरी अर्को देशमा गएर लुक्ने अपराधीबारे सूचना आदानप्रदान गर्नेबारे समेत बैठकमा सहमती भएको महाकाली नगरपालिकाका कार्यक्रम अधिकृत भानुदेव भट्टले बताउनुभयो ।

बैठकमा नेपालका तर्फबाट महाकाली नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनार, उप प्रमुख चिनी गिरी, सुरक्षा निकायका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षाबलका सहायक डिपुटी कमाण्डर सुनिल सिंह रावत, नौजलिया एसएवि क्याम्पका इन्सपेक्टर सयन्त सरकार लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको आयोजना युएनडिपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागीता कार्यक्रमको सहयोग तथा सञ्जीवनी नेपालले आयोजना गरेको हो ।
–––

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com