संसदमा दुईदलीय बिल, पारित भए कृषिको क्षेत्रमा १८० दिन काम गरेकालाई कानुनी हैसियत


प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार

बुधबार अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा रिपब्लिकन र डेमोक्रेटिक सांसदहरुका तर्फबाट विधेयक पेश गरिएको छ । जुन पारित भएमा झण्डै ३ लाख २५ हजार कागजपत्रविहिनले कानुनी हैसियत प्राप्त गर्नुका साथै अमेरिकी नागरिकताको बाटो प्राप्त गर्नेछन् ।

कृषिको क्षेत्रमा काम गरिरहेका कागजपत्रविहिनलाई कानुनी हैसियत प्रदान गर्नका लागि यो विधेयक ल्याइएको हो । महिनौंको छलफलपछि ल्याइएको विधेयकमा २० जना रिपब्लिकन सांसदहरु कोस्पोन्सर रहेका छन् ।

रिपब्लिकनहरु कागजपत्रविहिनलाई कानुनी हैसियत प्रदान गर्ने कुुनै पनि प्रकारको विधेयकमा अनिच्छुक देखिदै आएपनि कृषि कामदारलाई कानुनी हैसियत प्रदान गर्नेमा उनीहरु सकारात्मक देखिएका छन् । अधिकांश रिपब्लिकन सांसदहरु कृषि मुख्य उद्योग भएका क्षेत्रकाहरु हुन् ।

यो विधेयकमा विगत २ बर्षमा कम्तीमा कृषिको क्षेत्रमा १८० दिन काम गरेका कागजपत्रविहिनलाई प्रमाणित कृषि कामदारको हैसियतका लागि आवेदन दिने मौका दिइनेछ । यो हैसियत हरेक ६ महिनामा नविकरण गर्न सकिनेछ ।

यदि उनीहरुले ५ बर्ष लगातार कृषिको क्षेत्रमा काम गरेमा र हरेक बर्ष कम्तीमा १ सय दिन कृषिको क्षेत्रमा काम गरेमा उनीहरुलाई ग्रिनकार्ड आवेदन दिनकालागि बाटो खोलिनेछ । तर त्यसका लागि अरु ४ बर्ष कृषि क्षेत्रमा अनुभव भएको हुनुपर्छ भने आवेदकले १ हजार डलर जरिवाना तिर्नुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com