नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयरपोर्टबाट ३३ किलो सुन बाहिरिएको तथ्य आइतरबार सार्वजनिक गरेको छ ।
३३ किलो सुन बरामदपछि पक्राउ परेकाहरुमाथि दुई महिनाको लामो अनुसन्धानपछि ब्युरोले आइतबार सुन तस्करीबारे तथ्य बाहिर ल्याएको जनाईएको हो ।
आईतबार पत्रकार सम्मेलन गर्दै ब्युरोले अहिलेसम्म ३३ किलो सुन प्रकरणमा १२ जना पक्राउ परेका जानकारी दिए । उनीहरुले उक्त सुन वैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट संकलित रकम र नेपालमा रहेका सुन व्यापारीहरुबाट प्राप्त रकमबाट खरिद गरेको प्रहरी अनुसन्धानले पत्ता लगाएको जनाएको छ ।
३३ किलो सुन प्याकिङ तथा क्यारियर व्यवस्थापनका लागि ३ देखि ५ जना व्यक्ति परिचालन गरेको, सुन बोकी ल्याउने क्यारियर र लगेजको फोटो सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत नेपालमा सुन रिसिभ गर्ने व्यक्तिलाई पठाउने गरेको, क्यारियर र लगेजको फोटो भन्सारका कर्मचारीसम्म फेसबुक म्यासेन्जरमार्फत पठाउने गरेको प्रहरीले जनाएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएको प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर पक्राउ परेकाहरुमाथि अनुसन्धान गरेको थियो । अब सुन तस्करीको मुद्दा अदालती प्रक्रियामा प्रवेश गर्नेछ । सरकारी वकिलको कार्यालयमा मुद्दासम्बन्धी सबै फाइल शुक्रबार नै बुझाइसकिएको ब्युरोले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।