मेडिटेशनका ६ स्टेप (न्युयोर्क टाइम्स)


प्रकाशित मिति : फाल्गुन २२, २०७३ आईतबार

विश्वचर्चित संचारमाध्यम न्युयोर्क टाइम्सले मेडिटेशनका ६ वटा सहज स्टेपहरु सुझाएको छ । जुन यसप्रकार छन् ।

१, बस्नका लागि तपाईलाई सजिलो लाग्ने स्थान खोज्नुहोस् । सचेत र आराम दुबै हुने आसन रोज्नुहोस् । धेरै कडा नभइकन आफ्नो मेरुदण्ड सिधा पार्न सक्नुहुन्छ भने प्रयास गर्नुहोस् ।

 

२ आँखा बन्द गर्नुहोस् । यदि तपाई चाहनुहुन्छ भने हल्का खुल्ला राख्न पनि सक्नुहुन्छ । त्यसपछि विस्तारै स्वास लिनुहोस् । तपाईको शरिर खुल्ला छाड्दै जानुहोस्, टाउकोदेखि पैतलासम्म नै । अनि फेरी केहीबेर लामो स्वास फेर्नुहोस् ।

३, शरिरभरको संवेदना आफूलाई सुचित नगर्नुहोस् । तातो, चिसो वा अरु कुनै पनि प्रकारको असहजपनबाट ध्यान हटाउनुहोस् । त्यसबारे सावधान हुनुहोस् तर त्यसैमा नअड्किनुहोस् ।

४, एउटैमात्र कुराको अनुभव गर्नुहोस् । जस्तो कि तपाईले केबल आफ्नो स्वास बाहिर गएको र भित्र आएकोमात्र ध्यान दिनुहोस् । र आफ्नो ध्यान त्यसैमा केन्द्रीत गर्नुहोस् । अरु कुराबाट ध्यान हटाउनुहोस् ।

५, जब तपाईको दिमाग यताउता भौतारिन खोज्छ, तब पुन स्वासप्रस्वासमा नै केन्द्रित गर्नुहोस् । केहीबेरपछि तपाईको दिमाग पुन यताउता भौतारिन सक्छ । फेरी स्वासप्रस्वासमा नै केन्द्रीत गर्नुहोस् ।

६, एकमिनेट, १० मिनेट वा आधा घण्टा जतिबेला तपाई तयार हुनुहुन्छ, आँखा खोल्नुहोस् । तपाईको औपचारिक मेडिटेशन समाप्त भइसकेको छ । तपाईको होसियारपूर्ण सचेतना दिनभर जारी हुनसक्छ ।

शब्द : न्युयोर्क टाइम्स / तस्विर : श्याम कैडा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com