भत्ता बढदा ज्येष्ठ नागरिक खुशी


प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार

तनहुँको भीमाद नगरपालिका–९ कटनछापका ७५ वर्षीय गुमानसिं थापाले साउन अघि प्रतिमहीना रु दुई हजार भत्ता बुझ्नुहुन्थ्यो । साउनदेखि भने थापाले प्रतिमहीना रु तीन हजारको दरले चार महीनाको एकमुष्ठ रु १२ हजार बुझ्नुभयो । सरकारले साउनदेखि सामाजिक सुरक्षाभत्तामा वृद्धि गरेसँगै थापालगायत ज्येष्ठ नागरिक खुशी भएका छन् ।

“भत्ता बढ्यो भन्ने समाचारमा त सुनेका थियौँ”, उहाँले खुशी हुँदै भन्नुभयो, “अहिले हातमै रकम पाए पछि पक्का भयो ।” सोही वडाको पाथर्दीटोलका ७६ वर्षीया बोमाया राना पनि रु १२ हजार भत्ता बुझ्दा प्रफुल्लित हुनुहुन्थ्यो । “यसअघि मासिक रु दुई हजारको दरले भत्ता बुझ्थेँ, अहिले बढेर रु तीन हजार पुगेछ”, उहाँले भन्नुभयो, “भत्ता वृद्धि भएसँगै दैनिक घरखर्च चलाउन सहज हुने भयो ।”

वडा कार्यालयले गण्डकी विकास बैंक भीमाद शाखाको सहयोगमा वडा कार्यालयबाटै २३७ ज्येष्ठ नागरिकलाई तिहारको पूर्वसन्ध्यामा सामाजिक सुरक्षाभत्तावापतको रकम वितरण गरेको छ । वडाध्यक्ष इमान थापाले कूल लाभग्राही ३६७ मध्ये वडा कार्यालयमार्फत २३७ जनालाई भत्ता वितरण गरिएको जानकारी दिनुभयो । “अन्य लाभग्राही वडाभन्दा बाहिर रहेकाले उनीहरुको रकम बैंकमै पठाइएको छ”, उहाँले भन्नुभयो ।

सरकारले गएको जेठ १५ गते आव २०७६-७७ को बजेटमार्फत वृद्धभत्ता रु तीन हजार तथा एकल महिलाको भत्ता मासिक रु दुई हजार पु¥याएको छ । यसअघि वृद्धभत्ता मासिक रु दुई हजार र एकल महिलालाई रु एक हजार भत्ता दिइँदै आएको थियो । त्यस्तै अशक्त, अपाङ्गता भएका, लोपोन्मुख आदिवासी र जनजातिसमेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षाभत्ता पनि रु एक हजार बढाइएको छ ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com