मुख्य सहरभन्दा बाहिर आप्रवासन बढाउन अष्ट्रेलियाले भिसा संख्या बढाउने


प्रकाशित मिति : कार्तिक १०, २०७६ आईतबार

अष्ट्रेलियन सरकारले मुख्य सहरहरुभन्दा बाहिर आप्रवासीहरुको संख्या बृद्धि गर्न दक्ष कामदारका लागि भिसाको संख्या बढाउने भएको छ । मुख्य सहरहरुमा बढिरहेको दवाव कम गर्न मुख्य सहरबाहिरका क्षेत्रमा आप्रवासीको संख्या बढाउने योजना ल्याइएको हो ।

सरकारले क्षेत्रीय आप्रवासन कार्यक्रम अन्तरगत २३ हजारबाट भिसा संख्या बढाएर २५ हजार बनाउने प्रधानमन्त्रीको कार्यालयले जारी गरेको वक्तब्यमा जनाइएको छ । यी २५ हजार भिसाहरु अष्ट्रेलियाका मुख्य सहरहरुबाहिरका साना सहरमा बस्न चाहने आप्रवासीहरुका लागि उपलब्ध हुनेछन् ।

साना सहरमा बस्न चाहनेहरुका लागि भिसासंख्या बढाइएपनि कुल भिसा संख्यामा भने बृद्धि गरिएको छैन । प्रधानमन्त्री स्कट मोरिसनको रुढीबादी सरकारले आप्रवासीहरुको बार्षिक भिसा संख्या १ लाख ९० हजारबाट घटाएर १ लाख ६० हजारमा झारेको छ ।

मेलबर्न, सिड्नी र ब्रिसबेनभन्दा बाहिर बस्न चाहने आप्रवासीहरुको प्रकृया प्राथमिकतासाथ गरिने भएको छ । साथै यी स्थानहरुमा बस्नका लागि आवेदन दिनेहरु लामो अवधिको पढाईपछिको कामदार भिसाका लागि योग्य हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com