शताव्दी पुरुष जोशीसंग नर्थ क्यरोलाइनामा अन्तरक्रिया


प्रकाशित मिति : फाल्गुन २०, २०७३ शुक्रबार

 

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले विगत ५ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको मासिक साहित्यिक कार्यक्रमको पछिल्लो संस्करण आइतवार नर्थ क्यारोलाइनाको केरी शहरमा सम्पन्न गरेको छ। नेपाली संस्कृतिका धरोहर सत्य मोहन जोशीबारे विशेष प्रस्तुति रहेको उक्त कार्यक्रममा समाजका अध्यक्ष मनोज प्रधानले जोशी सम्बन्धी अनुसन्धान संकलन प्रस्तुत गर्नुभएको थियो भने अन्य सहभागीहरुले जोशीका अन्य पाटाबारे आफ्नो जानकारी प्रस्तुत गरेका थिए।

हाम्रो लोक संस्कृति (२०१३), नेपाली राष्ट्रिय मुद्रा (२०१७) र कर्णाली लोक संस्कृति (२०२८) नामक ग्रन्थहरुका लागि तीन पटक मदन पुरस्कार जित्न सफल शताब्दी पुरुष सत्य मोहन जोशीले नेपाली संस्कृति तथा साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएको छ। जागिरे जीवनको सिलसिलामा देशविदेशका विभिन्न ठाउँ र क्षेत्रमा संलग्न रहेता पनि वहाँ सदैव नेपाली लोक संस्कृति, पुरातात्विक सम्पदा र सांस्कृतिक धरोहरको अनुसन्धान तथा संरक्षणमा अनवरत रुपमा लागिरहनु भएको निष्कर्ष प्रस्तुत गर्दै अध्यक्ष प्रधानले जोशीको जीवनबाट हामीले धेरै कुरा सिक्न सकिने राय व्यक्त गर्नुभयो।

कार्यक्रममा समाजका सल्लाहकारद्वय डा। हरिहर भट्टराई र ईश्वर देवकोटाले संस्कृतिविद् जोशीसँगको आआफ्नो व्यक्तिगत एवं कार्यगत अनुभव बाड्नु भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमको दोस्रो सत्रमा कविहरु क्रमशः लेखनाथ दुलाल, ऋषि बस्ताकोटी, सुजाता ढुंगेल, शिशिर खनाल, बिक्रम गौतम, इश्वर देवकोटा, मनोज प्रधान, दिपेन्द्र अर्याल, सुवास ढकाल, निर्मला राजभण्डारी र नम्रता गुरागाईंले आ(आफना कविताहरु सुनाउनु भएको थियो । कविता वाचनपछि सहभागीहरुले फोनमार्फत् काठमाडौँ रहनुभएका ९८ बर्षीय शताव्दी पुरुष सत्य मोहन जोशीसंग प्रत्यक्ष कुराकानी गरेका थिए। कुराकानीको क्रममा जोशीले आफ्नो दिनचर्याबारे जानकारी गराउनुका साथै सहभागीहरुका अन्य जिज्ञासा मेट्नुभएको थियो।

छलफलका क्रममा उहाले आफुले संकलन गर्नुभएको लोकगीत ‘गाइ पाल्यो रेलिमइ वनको बाघलाइ, छोरा पाल्यो रेलिमइ जर्मनको धावालाइ’, ‘नकराउ वनको न्याउली तिमीभन्दा म छु नी वैरागी’, ‘के खायो के लायो होला वनको जुरेली चरीले’ आफ्नै स्वरमा सुनाउनुभएको थियो । वहांले यिनै लोकगीतले मन छोएर आफुले लोकगीत संकलन गरेको र पछि जागिरे जीवनबाट साहित्यतिर लागेको स्मरण सुनाउनुभएको थियो । साहित्य सिर्जना र सांस्कृतिक अन्वषणका क्रममा देश विदेशका अनुभवहरु सुनाउंदै उहाले उमेरले भन्दा पनि दृष्टिकोण र लगनशीलताले मानिसलाई परिणाममुखी बनाउने बताउनुभएको थियो।

प्रवासमा रहेका नेपालीले नेपाली संस्कृति र साहित्यको सम्वर्धनमा के गर्न सकिन्छ भन्ने प्रश्नको जवाफमा जोशीले भन्नुभयो, -‘नेपालीले सँधै बाहिरको मात्र लिन जान्यो, तर आफुले दिन जानेन। स्तरीय अनुवादको अभावमा नेपाली साहित्यले बाहिरको जगत्लाई सम्प्रेषण गर्न सकेको छैन। त्यसैले प्रवासमा रहेका नेपालीले नेपाली साहित्यको अनुवादमा जोड दिनुपर्छ र नेपाली सांस्कृतिक छटा संलग्न गरेर अन्य भाषामा साहित्य सिर्जना गर्नुपर्छ तबमात्र विश्वले नेपाली संस्कृतिको बारेमा जानकारी पाउँछ।’

त्यस्तै विदेशमा रहेका नेपालीले आफ्ना छोराछोरीलाई नेपाली साहित्य र संस्कृतिको बारेमा जानकारी गराएर थप प्रेरणा प्रदान गर्नुपर्ने बताउनु भयो। जीवनको ९७ औं खुट्किलो पार गरिसक्नु भएका जोशीको लोभलाग्दो सक्रियता सहभागीहरुले सहजै महशुस गरेका थिए। मनोज प्रधान, ऋषि बस्ताकोटी, निर्मला राजभण्डारी, हरिहर भट्टराई, शुषमा प्रधान, इश्वर देवकोटा लगायतले उहासंग साहित्य, संस्कृति र व्यक्तिगत जीवनका विविध पाटाबारे विविध जिज्ञाशा राख्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा संस्थाका सल्लाहकार इश्वर देवकोटाले शताव्दी पुरुष सत्य मोहन जोशीलाइ समय र प्रेरक कुराकानीको लागि धन्यवाद दिंदै नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको तर्फबाट सुस्वास्थ्य र दीर्घाजीवनको कामना गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com