महिला आत्मनिर्भर बन्नुपर्छ ः मन्त्री अर्याल


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले महिला वर्गले सीप सिकेर आत्मनिर्भर बन्न सकेमा उनीहरुमाथि हुने सामाजिक विभेदको अन्त्य हुने बताउनुभएको छ ।

मानवअधिकारका लागि महिला, एकल महिला समूहद्वारा सञ्चालित हाम्रो आधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०आँै वार्षिक साधारणसभामा मन्त्री अर्यालले विगतमा परनिर्भर बनेका महिला वर्ग आज आत्मनिर्भर बन्नेतर्फ अगाडि बढिरहेकाले अब आर्थिक, धार्मिक एवं सांस्कृतिक विभेदको अन्त्य हुने बताउनुभयो ।

घरभित्र बस्ने महिलाहरू व्यवसायी बन्दै गएको भन्दै उहाँले यस्ता गतिविधिले गौरवको अनुभूति हुने बताउनुभयो । सीप सिकेर व्यावसायिक बन्न तथा उत्पादनको प्रक्रियामा महिला सहभागी बन्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “अबको बाटो उत्पादन, व्यवसायिकताकै बाटो हो । कृषिमा काम गर्नेहरूले जमीन एकै ठाउँमा एकीकरण गरेर व्यावसायिक रूपमा सामूहिक रुपमा ठूला फार्महरू सञ्चालन गरौँ ।”

महिला हिजो पनि कमजोर नभएको र आज पनि नभएको भन्दै मन्त्री अर्यालले हाम्रा मूल्य मान्यता, सोचहरूले कमजोर बनाइएको बताउनुभयो ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com