नेपालमा भएका अमेरिकी नागरिकलाई अमेरिकी राजदूत निवासमा निम्ता


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

आगामी नोभेम्बर २७ मा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपालमा रहेका अमेरिकी नागरिकका लागि टाउन हल बैठक राख्ने भएका छन् । दिउसो ३ बजेदेखि ४ बजेसम्म हुने उक्त टाउनहलमा उपस्थीतिका लागि सबै अमेरिकी नागरिकहरुलाई निमन्त्रणा गरिएको छ ।

अमेरिकी नागरिकता लिएका नेपालमा रहेका नेपाली अमेरिकनहरु पनि टाउनहलमा सहभागी हुनसक्नेछन् । तर सहभागी हुनका लागि नोभेम्बर २२ सम्म आफ्नो नाम र पासपोर्ट नम्बर दूतावासको इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ ।

अमेरिकी नागरिकताप्राप्त जवानहरु अमेरिकी नागरिकता नभएका दम्पत्ति वा छोरछारीका साथमा आउनसक्नेछन् भने अमेरिकी नागरिकताप्राप्त बालबालिकाहरुलाई अमेरिकी नागरिकता नभएका बुबाआमा वा दाजुभाईदिदीबहिनीले साथ दिन सक्नेछन् । आफ्नो नाम दर्ता गराइसकेपछि कार्यक्रममा सहभागिताका लागि निम्ताप्राप्त हुने दूतावासले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुलाई राजदूत र अन्य उपस्थीतहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रश्नोत्तर सेसन समेत राखिएको छ । साथै हल्का नास्ता र जलपानको समेत व्यवस्था गरिएको छ ।

कार्यक्रम राजदूत निवास कमलकुञ्ज कमलादीमा आयोजना गरिएको छ । नेपालमा नै बस्ने वा नेपाल भ्रमणमा आएका अमेरिकी नागरिकहरुलाई लक्ष्यित गरेर कार्यक्रमको आयोजना गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com