अमेरिकामा एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा गर्न हुने र नहुने ४० टिप्स


प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार

चर्चित कानुन व्यवसायी ज्यासन जुबोले एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा उपस्थीत भएको बेलामा गर्न हुने र नहुने कुराहरुबारे टिप्स दिएका छन् । उनले फोन बन्द गर्नै पर्ने कुरालाई विशेष जोड दिएका छन् ।

– आफ्नो मोबाइल बन्द गर्नुहोस्, साइलेन्ट वा भाइब्रेन्ट मोडमा नराखी पूर्णरुपमा बन्द गर्नुहोस् ।

– सम्मानित ढंगको कपडा लगाउनुहोस् । सकभर साधारण खालको कपडा लगाउनुहोस् ।

– टोपी नलगाउनुहोस् । यदि धार्मिक खालको पगरी वा हिजाब छ भने ठीकै छ । नत्र अन्य प्रकारको ह्याट नलगाउनु उपयुक्त हुन्छ ।

– रुने कराउने जस्ता नक्कली संवेदना नदेखाउनुहोस् । रुने कराउने गतिविधिले निर्णयकर्तालाई असजिलो, लज्जास्पद वा रिसाउने बनाउन सक्छ । आफ्नो संवेदना सामान्य तरिकाले व्यक्त गर्न सकिन्छ तर नक्कली नहुनुहोस् ।

– पर्फ्युम, अत्तर वा बासनादार चिजहरु नलगाउनुहोस् ।

– यदि तपाईलाई कुनै प्रश्नको जवाफ आउँदैन भने जवाफ नदिनुहोस् । अनुमानका आधारमा नबोल्नुहोस् ।

– सुनुवाई वा अन्तरवार्तामा जानुभन्दा ठीक अगाडि ननुहाउनुहोस् ।

– निर्णयकर्तालाई राम्रो देखिएको, स्मार्ट देखिएको, प्रोफेशनल देखिएको जस्ता कुनै पनि प्रकारका टिप्पणी नगर्नुहोस् ।

– सत्य कुरा बोल्नुहोस् ।

– रुने र आफ्नो पक्षमा निर्णय गर्न आग्रह गर्ने नगर्नुहोस् ।

– सुनुवाई वा अन्तरवार्ता अगाडि राम्रोसँग दिशापिसाव गर्नुहोस् । ताकी तपाई अन्तरवार्ता वा सुनुवाईमा रहेको बेलामा दिशापिसाव नलागोस् ।

– रिसाउने वा तपाईको प्रकृयामा आवद्ध अध्यागमन न्यायाधिस, एसाइलम अफिसर, अनुवादक, क्लर्क, सुरक्षा गार्ड वा अरु कसैसँग पनि अपमान जनक व्यवहार नगर्नुहोस् ।

– चुईगम, सुर्ती खाने वा दाँत कोट्याउने नगर्नुहोस् ।

– अनिवार्य उपस्थीत गराउनुपर्ने अवस्था बाहेक अन्य अवस्थामा साना बालबालिकाहरुलाई अन्तरवार्ता वा अदालतमा नल्याउनुहोस् ।

– पासपोर्ट, जन्मदर्ता प्रमाणपत्र, विवाह प्रमाणपत्र, पारपाचुके प्रमाणपत्र, विद्यालय र कामका रेकर्ड, शैन्य रेकर्ड, मृत्युका प्रमाणपत्र, प्रहरी रिपोर्ट, आईडी कार्ड, स्वास्थ्य सम्बन्धि कागजात लगायतका सबै कागजपत्रहरुको सक्कल प्रति बोकेर आउनुहोस् । यदि अगाडि प्रतिलिपी बुझाउनुभएको छ भने सबैको सक्कल प्रति ल्याउनुहोस् ।

– तोकिएको समयमा नै उपस्थीत हुनुहोस् । सकभर केही छिटो उपस्थीत हुनुहोस् ।

– कुनै प्रश्न बुझ्नुभएन भने जवाफ नदिनुहोस् । बरु माफ गर्नुहोला मैले प्रश्न बुझिन भन्नुहोस् ।

– यस विषयमा कुनै ज्ञान नभएका साथीभाई र परिवारका सदस्यहरुबाट सल्लाह नलिनुहोस् ।

– मिलनसार हुनुहोस् र आँखामा आँखा जुधाएर कुरा गर्नुहोस् ।

– आफूले गरेका कुनै अपराध, गलत कामको जिम्मेबारीबाट पन्छिने प्रयास नगर्नुहोस् । जिम्मेबारी बोध गर्दै र माफी माग्दै तपाई कसरी परिवर्तन हुनुभयो त्यो बारेमा जानकारी दिनुहोस् । गलत काम नदोहोराउने कुराको सुनिश्चितता दिलाउनुहोस् । तपाईको अपराध गरेको रेकर्ड छ भने कानुन व्यवसायीको सहयोग लिनु उचित हुन्छ ।

– अन्तरवार्ता वा सुनुवाईको अघिल्लो दिन राम्रोसँग सुत्नुहोस् । कहिलेकाँही सुत्न गाह्रो पनि हुनसक्छ ।

– प्रश्न राम्रोसँग सुनेर त्यसको जवाफ दिनुहोस् । तपाईले सुन्न चाहेको प्रश्नको जवाफ होइन, सोधिएको प्रश्नको जवाफ दिनुहोस् ।

– विषयान्तर गर्ने वा प्रश्नको जवाफ आलटाल गर्ने प्रयास नगर्नुहोस् ।

– एसाइलम अफिसर, न्यायाधिस वा वकिललाई डिस्टर्ब नगर्नुहोस् ।

– नर्भस नहुनुहोस् । यदि त्यस्तो अनुभव भएमा लामो स्वास फेर्नुहोस् । वा एकैछिन समय माग्नुहोस् ।

– कोर्टरुपमा न्यायाधिस प्रवेश गर्दा उठ्नुहोस् ।

– तपाईलाई सत्य बोल्नका लागि खुवाइएको कसम सम्पूर्ण रुपमा नदोहोराउनुहोस् । म गर्छु वा हो भन्ने छोटो जवाफ दिनुहोस् ।

– विस्तारै र स्पष्ट बोल्नुहोस् । यदि अनुवादक राख्नुभएको छ भने छोटो छोटो बोल्नुहोस् । लामो लामो बोल्दा अनुवादमा समस्या हुनसक्छ ।

– हातहतियार वा कुनै पनि निषेधित बस्तुहरु अदालत वा एसाइलम अफिसमा नल्याउनुहोस् ।

– आँखा घुमाउने वा अन्य अपमानजनक हाउभाउ दर्शाउने नगर्नुहोस् ।

– टाउको हल्लाएर होइन शब्द बोलेर जवाफ दिनुहोस् ।

– सिधा बस्नुहोस् ।

– मास्टर क्यालेण्डर सुनुवाईमा दोषी नभएको कुरा स्वीकार नगर्नुहोस् ।

– बोल्नुभन्दा अगाडि सोच्नुहोस् कि किन तपाईलाई त्यस्तो प्रश्न सोधिदैछ ।

– अदालतमा तपाईको वकिलले प्रतिवाद गरेको प्रश्नको जवाफ नदिनुहोस् । वकिलको प्रतिवाद स्वीकार्ने विषयमा न्यायाधिसलाई निर्णय गर्न दिनुहोस् । न्यायाधिसले प्रतिवाद स्वीकारेमा तपाईले प्रश्नको जवाफ दिन जरुरी हुँदैन ।

– आफ्नो कथाको भाग नभएसम्म गालीगलौजका शब्द र कठोर शब्दहरु प्रयोग नगर्नुहोस् ।

– अध्यागमन न्यायाधिसलाई महाराज, अधिपति जस्ता कुनै पनि प्रकारका अस्वभाविक सम्बोधन नगर्नुहोस् । अमेरिकामा योर अनर भने पुग्छ ।

– एसाइलम अफिसरलाई पनि कुनै त्यस्ता प्रकारका सम्बोधन नगर्नुहोस् । सर, म्याम वा अफिसर भने पुग्छ ।

– सुनुवाईमा जानुभन्दा अगाडि आफ्नो मुद्दाको पुनरावलोकन गर्नुहोस् । अप्ठ्यारा प्रश्नको सामना गर्ने तयारी गर्नुहोस् ।

– वकिललाई सहमति भएको रकम पहिले नै तिर्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com