राप्रपाको चुनाव चिन्ह ‘गाई’


प्रकाशित मिति : फाल्गुन २०, २०७३ शुक्रबार

राप्रपाको केन्द्रीय समिति बैठकले चुनाव चिह्न ‘गाई’ राख्ने निर्णय गरेको छ । पार्टीको चुनाव चिह्न गाई राख्ने या हलो भन्नेमा राप्रपामा विवाद थियो ।

केन्द्रीय कार्यसमिति बैठकले अन्ततः चुनाव चिह्न गाई राख्ने सर्वसम्मत निर्णय गरेको छ । बैठकमा अध्यक्ष कमल थापाले सबै दललाई सहमतिमा ल्याएर निर्वाचन गर्नुपर्ने धारणा राख्दै निर्वाचनको माहौल बनाउन केन्द्रीत हुन पनि केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ ।

आगामी चुनावमा नेकपा एमाले र नेपाली कांग्रेससंग प्रतिस्पर्धा गर्ने रणनीतिमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमालेले जस्तै मेचीमहाकाली अभियानको घोषणा गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकले आगामी चैत ८ देखि १२ गतेसम्म मेचीकाली राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको छ ।

चैत ७ गते एकै दिन झापा, महेन्द्रनगर, काठमाडौं र गोरखा गरी चार टाउ“बाट एकता यात्रा सुरु हुने र अभियान चैत १२ गते चितवनमा आइपुगेर टुंगिने राप्रपाको निर्णय छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com