अमेरिकी सैन्यलाई सिमाक्षेत्रमा गोली चलाउने अधिकार दिइएको गोप्य कागजात सार्वजनिक


प्रकाशित मिति : कार्तिक ५, २०७६ मंगलबार

अमेरिकी सैन्यलाई मेक्सिको सिमाक्षेत्रमा चलेका गाडीमाथि गोली चलाउन पाउने अधिकारसहितको गोप्य कागजात सार्वजनिक भएको छ । पेन्टागनको उक्त गोप्य दस्तावेज न्यूजवीकले प्राप्त गरेको हो, जसमा सैन्य शक्तिलाई सिमाक्षेत्रमा चलेका गाडीमाथि गोली चलाउन पाउने अधिकार दिइएको छ ।

सैन्य शक्तिलाई सिमाक्षेत्रमा चलेका गाडीले त्यसक्षेत्रमा सर्वसाधारणहरुलाई नोक्सान पुराउन सक्ने विश्वास लागेमा गोली चलाउनसक्नेछन् । अमेरिकी रक्षामन्त्रीले गत जुलाईमा सपथग्रहण गरेको तीनदिनपछि उक्त आन्तरिक निर्देशिका जारी गरिएको थियो । अमेरिकी सिमाक्षेत्रमा झण्डै ५५ सय सैन्य शक्तिलाई परचालनका लागि अनुमति दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमाक्षेत्रमा खटिने सीबीपीका अधिकारीहरुको संरक्षण र सहयोगका लागि सैन्य शक्ति परिचालनका लागि स्वीकृति प्रदान गरेका थिए । मध्य अमेरिकी देशहरुबाट अमेरिकातर्फ आएका आप्रवासीका हुलहरुले सिमाक्षेत्रमा हिंशा र अराजकता फैलाउन सक्ने भन्दै त्यसको नियन्त्रणका लागि सेना परिचालनको अवधारणा आएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com