मिथिलामा एकपक्ष पहिले नै छठको तयारी शुरु


प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार

महोत्तरीसहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी शुरु भएको छ । अत्यन्त निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्वको तयारी करीब एकपक्ष पहिले नै देखिन थालेको हो । कात्तिक शुक्लपक्ष चौथी ९चतुर्थी० का दिन शुरु भएर सप्तमीका दिन छठ पर्व सम्पन्न गर्ने मैथिल परम्परा छ ।

सूर्यको उपाशना गरिने छठ पर्वमा चढाइने प्रसाद सामग्रीका लागि गहुँ, चामल धोइ पखालेर सुकाउन थालिएको छ । सूर्यलाई चढाउन बनाइने ठकुवा, भुसुवा ९कसार० र अन्य मिष्ठान्न परिकारको पिठो व्रतालु आफैँले पवित्र मनले जाँतोमा पिध्ने ९पिस्ने० गरिन्छ । त्यस्तै चढाइने परिकारका लागि आवश्यक पर्ने चामल ढिकीमा कुटिएको हुनपर्ने मान्यताले एकपक्ष पहिले नै पर्व विशेषको तयारी गर्नुपरेको मैथिल ९मिथिलाका बासिन्दा० बताउँछन् ।

यसबाहेक अहिले पर्वको तयारीका लागि बाँसको कप्टेरा र चोयाले बनेका छिटी, व्रतविधिका चाल्नु, नाङ्लो र माटाका गाग्रा ९घैँटा०, ढकना, छ्याँचीसहितका समान व्रतालुले जोड्दैछन् । एक÷एक समान शुद्ध र पवित्र हुनपर्ने व्रतको निष्ठाले यो पर्वको तयारी एकपक्ष पहिले नै शुरु हुने गरेको पाका मैथिलको भनाइ छ । पर्वमा नयाँ वस्त्रआभूषण अनिवार्य भएको हुँदा त्यसको जोहोका लागि रकम जुटाउन पनि तयारी निकै अघि शुरु हुने गरेको हो ।

व्रत सामग्रीदेखि व्रतालुको मन, वचन र कर्मसम्म छठका लागि शुद्धीकरण गर्नुपर्ने मान्यता स्थापित छ । मिथिलाको लोकसंस्कृति र परम्परासँग जोडिएको यो पर्वमा व्रतालुमात्र नभएर व्यक्ति-व्यक्ति परिचालन हुने मिथिला संस्कृतिका विज्ञ बलवा नगरपालिकाको धमौराका बासिन्दा कामेश्वर झा बताउनुहुन्छ ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com