प्रदेश नं ३ ले संविधानविपरीत ऐन बनाएको छैन : सभामुख श्रेष्ठ


प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार

प्रदेश नं ३ का प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले प्रदेशसभाले देशको मूल कानूनका रुपमा रहेको संविधान र सङ्घीय सरकारले निर्माण गरेका ऐनसँग बाझिने गरी कानून निर्माण नगरेको बताउनुभएको छ ।

युएनडिपीको सहयोगमा नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित संसदीय पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेशसभाले हालसम्म ४५ ऐन निर्माण गरिसकेको जानकारी गराउनुभयो । सञ्चारमाध्यमलाई लक्षित गर्दै सभामुख श्रेष्ठले सञ्चारमाध्यमले सकारात्मक विषयवस्तुलाई भन्दा पनि नकारात्मक विषयवस्तुलाई प्राथमिकता दिने गरेकाले त्यसो नगर्न अनुरोध गर्नुभयो ।

उहाँले नेपाल दक्षिण एशियामै छिटो–छिटो आर्थिक विकास गर्ने राष्ट्रका रूपमा अगाडि बढ्दै गएको प्रसङ्ग सञ्चारमाध्यमको विषयवस्तु नबन्नु दुखद् भएको बताउनुभयो । देशले भूकम्प र नाकाबन्दीका बीच पनि अर्थतन्त्रलाई मजबुत बनाएर विकासोन्मुख राष्ट्रबाट विकसित राष्ट्र निर्माणको दिशा लिइसकेको उल्लेख गर्दै सभामुख श्रेष्ठले नेपालको यो स्थितिको चर्चा विदेशी सञ्चरमाध्यमले गर्न थालेको उल्लेख गर्नुभयो ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com