छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल ः महासचिव पौडेल


प्रकाशित मिति : आश्विन ३०, २०७६ बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान सरकार छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल भएको बताउनुभएको छ । उहाँले नेपाल–भारत तथा नेपाल र चीन दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको बताउनुभयो ।

रुपन्देही उद्योग सङ्घको ४१औँ साधारणसभा तथा २१औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै महासचिव पौडेलले सरकारले नेपाल र नेपालीको हित तथा नेपालको विकासमा चीन र भारतको दह्रो साथ समर्थन जुटाएको बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपतिको गृह नगर सियान शहर र बुटवल उपमहानगरपालिकाबीच भएको भगिनी सम्बन्ध र चीनसँगको सम्बन्धले बुटवलको विकासमा समेत सहयोग पु¥याउने बताउनुभयो । महासचिव पौडेलले निजी क्षेत्रको सहकार्य र लगानीबिना समृद्ध राष्ट्र निर्माण सम्भव नभएको भन्दै उहाँले उत्साहका साथ ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

महासचिव पौडेलले उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि सरकार लागि परेको र देशको अर्थतन्त्रलाई बलियो बनाउन लगानी बढाउन निजी क्षेत्रलाई सरकारले अभिपे्ररित गर्ने बताउनुभयो । उहाँले हरेक वर्ष जोखिमपूर्ण बनेको बुटवल–पाल्पाको सिद्वबाबाको सडकलाई सुरक्षित बनाउन सुरुङ मार्गका लागि सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै चालू आवमा नै सुरुङ मार्गको काम शुरु हुने जानकारी दिनुभयो । बहुचर्चित कालीगण्डकी तीनाउ डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) निर्माणको काम भइरहेको बताउँदै उहाँले यस सम्बन्धमा देखिएका सबैखाले समस्या समाधान गरेर काम अघि बढाइने स्पष्ट पार्नुभयो ।

रुपन्देहीलाई व्यवस्थित औद्योगिक क्षेत्र भएको जिल्लाको रुपमा अगाडि बढाउन खोजिएको बताउँदै नेता पौडेलले सरकारले घोषणा गरेको मोतिपुर औद्योगिक क्षेत्रलाई आधुनिक र व्यवस्थित औद्योगिक क्षेत्र बनाइने आश्वासन दिनुभयो । कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशमा लगानी मैत्री बाताबरण बनेकाले लगानी गर्न उद्योगि व्यवसायीलाई आह्वान गर्नुभयो । उहाँले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्यका लागि तयार रहेको उहाँको भनाइ थियो । उहाँले प्रदेशको स्थायी राजधानी नतोकिँदा बजेट कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिसकुमार मौरले नागरिक अधिकार प्राप्त भए पनि अधिकार कार्यान्वयनका लागि आर्थिक समृद्धि आवश्यक रहेको र आर्थिक समृद्धिका लागि औद्योगिक क्रान्ति गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । सो अवसरमा सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीले मुलुकको औद्योगिक विकासका लागि निजी क्षेत्रबाट प्रयास भए पनि औद्योगिक वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । यस्तै नेता पौडेलले आजै बुटवलमा एक अर्को कार्यक्रममा पाल्पा–नुवाकोट पुस्तकको लोकापर्ण गर्नुभयो । पाल्पाको ऐतिहासिक नुवाकोटगढीको ऐतिहासिकता झल्काउने उद्देश्यले इतिहासकार निर्मल श्रेष्ठले लेख्नुभएको पुस्तकको महासचिव पौडेलले लोकार्पण गर्नुभएको हो ।

उक्त पुस्तकमा नुवाकोटगढीको ऐतिहासिक एवम पाल्पाको प्राचीन चिनारीलाई समावेश गरिएको लेखक श्रेष्ठले जानकारी गराउनुभयो । लोकापर्ण कार्यक्रममा बोल्दै महासचिव पौडेलले नुवाकोट र जितगढिको धेरै महत्व रहेको बताउनुभयो । उहाँले नुवाकोटगढीले विरताको र स्वधानिताको गहकिलो पाठ अहिले सिकाएको बताउनुभयो । उक्त पुस्तकमाथि प्रा डा सूर्यबहादुर जिसी र प्रगतिशिल लेखक सङ्घ रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङले टिप्पणी गर्नुभएको थियो । नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले नुवाकोटको समग्र विकासको थालनी भएको बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com