पहुँचवालाले मात्र सिमकार्ड लिन पाईने देश, धेरै रकम खर्च गरे कारबाही


प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार

एजेन्सी/अफ्रिकाकाे इरिट्रिया दुनियाँकाे यस्ताे देश हाे- जहाँ एउटा पनि एटिएम छैन । एक महिनामा बैंकबाट जम्मा साढे २३ हजार मात्रै निकाल्न पाउछन् । यदि, कसैले बैंकबाट ताेकिएकाे रकमभन्दा बढी निकाले कारबाही भाेग्नु पर्दछ । यस्तै देशमा सरकारी टिभी च्यानलबाहेक कुनै च्यानल छैन । भएकाे सरकारी च्यानलबाट पनि सरकारकाे सुचना मात्रै प्रसारण हुने समाचारमा जनाइएकाे छ ।

इरिट्रिया सन् १९९३ मा इथियोपियाबाट टुक्रिएकाे देश हाे । यस देशमा राष्ट्रपति इसायास अफेवेर्कीकाे पार्टी नै सबैभन्दा शक्तिशाली रहेकाे छ । राष्ट्रपतिकाे पार्टीबाहेक सरकारले कुनै पार्टीलाई मान्याता दिएकाे छैन । सरकारकाे विराेध गर्ने जाे कसैलाई कडा करबाहीसहित जेल चलान गर्ने यस देशका युवाले आर्मीकाे तालिम लिन अनिवार्य बनाएकाे छ ।

यस्तै इरिट्रियामा जम्मा एक प्रतिशत जनसंख्या मात्रै इन्टरनेटकाे पहुँचमा छन् । सरकारी लगानीमा रहेकाे टेलिकमले मोबाइल सिम वितरणमा कडाइ गर्दै आएकाे छ । देशमा सिमकार्ड पाउने व्यक्तिलाई पहुचवाला मानिन्छ । इरिट्रियामा सामाजिक सञ्जाल प्रयाेगमा सरकारले आफ्नै नियम बनाएकाे छ । जसलाई पालना गर्न सबैलाई उर्दी जारी गरिएकाे छ । सन २०१७ काे आंकडाअनुसार करिब पाँच लाख जनसंख्या रहेकाे छ । तर सरकारसँग देशमा कति जनसंख्या रहेकाे छ भन्ने यकिन तथ्याङ्क नभएकाे समाचार जनाइएकाे छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com