दसैँको बलिमा दुई करोड खर्च


प्रकाशित मिति : आश्विन १७, २०७६ शुक्रबार

दसैँको अवसरमा विभिन्न शक्तिपीठहरूमा खसी, बोका, राँगा, कुखुरा, हाँसलगायतको बलि चढाउन करिब दुई करोड रुपैयाँ खर्चिने तयारी गरिएको छ । गुठी संस्थान र निवृत्तिभरण कार्यालयले पशुपक्षीको बलिका लागि मात्र करिब दुई करोड बजेट छुट्याएको हो ।

चाडपर्व, जात्रा, मेलाको अवसरमा शक्तिपीठमा सरकारको तर्फबाट बलि तथा पूजाआजाका लागि गुठी संस्थान र निवृत्तिभरण कार्यालयले खर्च गर्ने व्यवस्था छ ।

निवृत्तिभरण कार्यालयका प्रमुख हेमन्तराज निरौलाले यसपटक दसैँमा अष्टमी र नवमीको दिन मात्र झन्डै दुई करोडको राँगा, बोका, हाँस, कुखुरालगायतको बलि चढाइने बताए । उनले बलि दिन पशुपक्षी आपूर्तिका लागि टेन्डरसमेत भइसकेको जानकारी दिए । उनका अनुसार निवृत्तिभरण कार्यालयले ९१ लाख रुपैयाँको बलि दिनेछ । कौसी तोषाखानालाई प्रशासन पुनर्संरचना गर्दा सरकारले निवृत्तिभरण कार्यालय बनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com