डिसीमा एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम हुने 


प्रकाशित मिति : फाल्गुन १५, २०७३ आईतबार

 
विजय थापा ,वाशिंगटन डिसी 
 
वासिगंटन डिसि स्थित नेपाल र नेपाली डायस्पोराप्रति समर्पित गैर राजनीतिक तथा गैर नाफा मूलक संस्था-भिजन फर नेपाल फाउन्डेसनले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्ष पदका प्रत्याशीहरुको लागि सार्वजनिक बहस कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ। 
 
भिजन फर नेपाल फाउन्डेसनले बिगतमा पनि एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुलाई एकै थलोमा ल्याई डीसी महानगर क्षेत्रमा यस्तै सार्वजनिक बहस कार्यक्रमको आयोजना सफलता पूर्वक सम्पन्न गरेको थियो l 
 
बिश्वमै अनुकरणीय मानिने प्रजातांत्रिक शैली, खुला प्रतिस्पर्धा, र नेत्रृत्वका लागि आवश्यक ज्ञान, अनुभव र तर्क अनि बहसको परीक्षण एक साथ हुने गरेको अमेरिकी राष्ट्रपतिको चुनावी दौरानमा गरिने राष्ट्रपतीय बहसलाइ मध्यनजर गरेर उस्तै शैली र तयारीका साथ गरेको २०१५ को बहसले उम्मेदवारहरुलाई आफ्ना तर्क प्रस्तुत गर्न एक साझा चौतारी उपलब्ध गराएको स्मरण गराएको छ l 
 
फाउन्डेसनले यसको साथै नेपालीहरूलाई आफ्नो नेता छनौट लागि आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन सहयोग गरेको थियो भनि छापा बिज्ञप्तिमा जनाएको छ l आगामी बहस बिगतको जस्तै एनआरएन अमेरिकाको चुनावको लागि दरखास्त आह्वानको म्याद सकिए पछिको पहिलो आइतवारका दिन आयोजना गर्ने निर्णय अनुसार अप्रिल १६ तारिखका लागि तोकिएको छ l 
 
बहसलाई निष्पक्ष, अझ बढी स्वतन्त्र एवं  प्रभावकारि ढगंले अगाडि बढाउनका लागि भिजन फ़र नेपाल फाउण्डेसनले स्वतन्त्र पत्रकार बिजय घिमिरेलाई पनि समावेश गर्ने निर्णय गरेको जनाएको छ। एनआरएन युएसए अध्यक्ष पदका सबै प्रत्यासिहरूले आफुहरू अप्रिल १६ ,२०१७ को दिन अमेरीकाको राजधानी वाशिंगटन डीसीमा हुने उक्त बहसमा सहभागि हुने प्रतिबद्धता ब्यक्त गरि सकेको फाउन्डेसन का अध्यक्ष कृष्ण शर्मा द्वारा जारी गरिएको छापा बिज्ञप्तिमा जनाएका छन् l
 
अहिले सम्म अध्यक्ष को उम्मेदवार को घोषणा गरेका अध्यक्ष पदका प्रत्यासीहरूमा रबिना थापा ,केशव पौडेल ,कृष्ण पोख्रेल ,रामचन्द्र पोख्रेल ,गौरी जोशी,तथा दूर्गा दाहालले सहभागी हुने जनाएको कुरा उल्लेख गरिएको छ l 
 
यो बहसले मतदाताहरूलाइ आफ्नो प्रतिनिधी छान्न सहयोग हुने विश्वास भिजन फ़र नेपाल फाउण्डेशनको छ भने ९० मिनट लामो बहसमा प्रत्यासिहरूले आफ्ना कुरा राख्नुको साथसाथै दर्शकदीर्घा लगायत बिभिन्न क्षेत्रबाट प्राप्त प्रश्नहरुको प्रत्यक्ष जवाफ दिने अवसर पाउने छन्।
 
यसै गरि बहस कार्यक्रम स्थानीय टी भि बाट प्रत्यक्ष प्रसारण हुनुका साथै बिभिन्न सामाजिक संजाल हरूबाट समेत प्रसारण हुनेछ। बहस कार्यक्रममा सहभागि हुनका लागि भिजन फ़र नेपाल फ़ाउन्डेशनले सबै नेपाली समुदायलाई अनुरोध गरेको छ l 
 
बिविध कारणवश बहसमा प्रत्यक्ष सहभागि हुन नसक्नेहरूले आफ्ना प्रश्न एवं जिज्ञासाहरू [email protected] मा पठाएर सहयोग गर्न समेत सक्ने र अवसर पाउने छन् l 
 
यसको साथै प्रत्यक्ष प्रसारणको समयमा प्राप्त प्रश्नहरूको जिकीर गरिने छ तर उम्मेदवारहरूलाई प्रश्न  सोध्न नसकिने जानकारी गराएको छ l अन्य उम्मेदवारहरुमा न्युयोर्कका तेम्बा शेर्पा पनि रहेका छन् भने अन्य उम्मेदवार को घोषणा संगै उक्त बहस कार्यक्रममा आमन्त्रण गरिने शर्माले बताएका छन् l 
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com