घरभित्रकाे ट्याङ्कीमा एकै परिवारका ५ जनाकाे शव भेटियाे, घटना रहस्यमय


प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार

एकै घरका ५ जनाको शव घरभित्रै रहेकाे ट्यांकी (खाल्डाे) भित्र भेटिएको छ । बाराको फेटा गाउँपालिका– ४ एक घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो साे ट्यांकीमा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएकाे छ । उक्त ट्यांकी मदिरा उत्पादनका लागि बनाइएकाे खुलेकाे छ ।

जिप्रका बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले बताएअनुसार उक्त शवहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेकाे खुलेकाे छ ।

यसरी मृत अवस्थामा फेला पर्नेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिनलगायत रहेका छन् । मृतक महेन्द्रका श्रीमती र उनका २ छोरी भने घरबाहिर भएकोले सुरक्षित रहेको बताइएकाे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार राति ८ बजेतिर प्रहरीले साे घटनासम्बन्धी जानकारी पाएकाे थियाे । त्यसलगत्तै अनुसन्धान थाल्न जिप्रका बाराका प्रमुख एसपी विकासराज खनालसहितको टोली त्यसतर्फ गएको जनाइएकाे छ ।

घटना रहस्यमय रहेकाे छ । उनीहरूकाे मृत्युकाे कारण थाहा हुन सकेकाे छैन । ट्यांकीभित्र निसासिएर ज्यान गुमाएको हुन सक्ने प्रारम्भिक अनुमान छ यद्यपि थप रहस्य अनुसन्धानपछि खुल्ने देखिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com