चितवनमा ज्ञानेन्द्र शाहीलाई निर्घात कुटियो !


प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार

‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ ।

अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो । नेपालका लागि नेपाली अभियानले चितवनमा गर्न लागेको कार्यक्रम विथोलिएको छ । चितवनको चौविसकोटीमा अभियानले गर्न लागेको खबरदारी सभा विथोलिएको हो । कार्यक्रममा सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही लगायतले सम्बोधन गर्ने बतार्ईएको थियो ।

तर, कार्यक्रम सुरु हुन नपाई विथोलिँदा शाहीको टाउकोमा चोट लागेको छ । उनलाई स्थानीय चितवन मेडिकल कजेल अस्पतालमा उपचार गर्न लगिएको चितवन प्रहरीले बताएको छ ।

अफुहरुको कार्यक्रम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले विथोलेको अभियानले दावी गरेको छ । हमलामा सहभागि भएको संकामा प्रहरीले २ जनालाइ गिरफ्तार गरेको छ । सो क्रममा दुइ पक्षबीच केहीबेर तनाव समेत भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com