परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पका बीच शिष्टाचार भेटघाट भएको छ । संयुक्त राष्ट्र संघको महासभामा उपस्थित राष्ट्रप्रमुख तथा प्रतिनिधिहरुलाई अमेरिकी राष्ट्रपतिले दिएको रात्री भोजका क्रममा बुधवार मन्त्री ज्ञवाली र राष्ट्रपती ट्रम्पका बीचमा भेटघाट भएको हो ।
१ मिनेट भएको भेटमा अमेरिकी राष्ट्रपति ट्रम्पले ज्ञवालीको हालखबर सोधेका थिए ।
राष्ट्रप्रमुख तथा प्रतिनिधिहरुलाई अमेरिकी राष्ट्रपतिले रात्री भोज दिने र प्रत्येक देशका प्रमुख संग शिष्टाचार भेटघाट गर्ने चलन छ । त्यस क्रममा दुई देशका बीचमा अनौपचारिक कुराकानी गर्ने र फोटो खिच्ने चलन पनि रही आएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।