नेपाली चलचित्र छिरिङ अव अमेरिका को न्यूयोर्क मा प्रदर्शन हुँदै


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

बेग्लै सोच र बेग्लै धारको मनमोहक नेपाली कथानक चलचित्र छिरिङ अव अमेरिका को न्यूयोर्क प्रदर्शन हुने भएको छ। वाइज इन्टरटेन्टमेण्ट ले उक्त कार्यक्रम को ब्यबस्था गरे को कुरा वाइज इन्टरटेन्टमेण्ट का मिङमा मगर ले जनाएका छन । आउदो सेप्टेम्बर २७ को दिन न्यूयोर्क को कुइन्स प्लेस मा उक्त चलचित्र को प्रदर्शन हुँदै छ।

दुई श्रीमान् भएकी युवतीले भोग्नुपरेको मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्धको कथामा यो चलचित्र बनेको छ । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

सुनिलभक्त माथेमाको निर्माण प्रस्तुतिमा रहेको चलचित्र छिरिङ हिमालपारिको जिल्ला मुस्ताङको कथाको सेरोफेरोमा निर्माण भएको गजबको चलचित्र हो। जसमा पचासको दशकका लोकप्रिय पप–स्टार निमा रुम्बाको विशेष अभिनय रहेको छ। गायक यश कुमारले निर्देशन गरेको चलचित्रमा निमा रुम्बा, कामना भुजेल तथा निर्देशक स्वयम् मुख्य कलाकारको भूमिकामा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टिजरमा एक्सन र प्रेम दुवै देखिन्छ । दुई जना श्रीमानका एक श्रीमतीको कथा समेटिएको चलचित्रले आर्य र मङ्गोल समुदायको द्वन्द्वको कथा समेटेको निर्देशक यश कुमारले बताए ।

‘छिरिङ’ मार्फत गायक निमा रुम्बा एक दशकपवछि ठूलो पर्दामा फर्किएका छन् । उनले यस अघि नेपालको पहिलो डिजिटल चलचित्र ‘कागवेनी’मा अभिनय गरेका थिए ।

 

Organized by

WISE ENTERTAINMENT USA

Group Member: –

CHUNGDALA SHERPA

RINZIN SHERPA

MINGMA MAGAR

ROSHAN RAI

DAWA SHERPA

TOPLA SHERPA

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com