सडक बालबालिका लागूपदार्थ बेचबिखन र यौन व्यवसायमा संलग्न


प्रकाशित मिति : आश्विन ६, २०७६ सोमबार

आइतबार राति बालबालिका खोज तलास तथा समन्वय केन्द्रको नेतृत्वमा ३१ जना सडक बालबालिकाको उद्दार गरिएको छ । बालबालिकाहरु रातको समयमा सडकमा लागूपदार्थ बेचविखन र यौन व्यवसायमा संलग्न भेटिएपछि समन्वय केन्द्रले त्यस्ता बालबालिकाहरुको उद्दार गरेर सुधार गृहमा पठाएको हो ।

रातको ११ बजे ठमेलमा चरेश बेचिरहेको अवस्थामा यी बालिका भेटिएकी थिइन् । चार हजार रुपैयाँको लोभमा एक जना मानिसले उनलाई बसपार्क क्षेत्रबाट ल्याएर ठमेलमा चरेश बेच्न लगाएका थिए । यी बालिका त एक प्रतिनिधि पात्र मात्र हुन् । करिब १० देखि १८ वर्षसम्मका बालबालिकाहरु यसरी रातको समयमा सडकमा देखिन्छन् । पैसा पाउने भएपछि यस्तो काममा लागेको उनीहरु बताउछन् ।

बालबालिकाले भने जस्तै विभिन्न प्रलोभनमा पारेर बालबालिकाको प्रयोग भइरहेको प्रहरीको पनि बुझाई छ । सुधार गृहबाट फर्केका बालबालिकालाई पनि विभिन्न प्रलोभनमा पार्ने र नमाने धम्क्याएर पनि यस्तो क्रियाकलापमा लगाइएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ ।

सडकबाट उद्दार गरेर सुधार गृहमा राखिएपनि केही बालबालिकाहरु भने त्यही प्रलोभनका कारण फेरि सडकमा नै फर्किने गरेका छन् । आर्थिक अभाव, पारिवारीक विखण्डन, पढ्न मन नलागेर साथीभाईको लहै–लहैमा घर छोडेर बालबालिकाहरु सडकमा पुग्ने गरेका छन् । जे जस्तो कारणले बालबालिका सडकमा आएपनि सरकारले पूर्ण रुपमा उनीहरुको संरक्षण गर्न राष्ट्रिय बालअधिकार परिषद् लागिपरेको छ । सरकारले बालबालिका हिंसाविरुद्ध शून्य सहनशीतलाको नीति लिएको छ ।

आर्थिक आर्थिक वर्ष २०७५/७६ मा मात्रै बालबालिका खोज तलास तथा समन्वय केन्द्रले एक सय २१ जना बालबालिका सडकबाट उद्दार गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com