जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ ः नेम्बाङ


प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ ।

चार वर्षअघि जारी गरिएको संविधानमा संशोधन नहुने भनेर कहीँकतै नराखिएकाले जनताको जनमत लिएर संशोधन गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी स्थानीय तह विभाग इलामद्वारा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा बोल्दै नेता नेम्वाङले संविधान संशोधनका लागि जनताको जनमत आवश्यक पर्ने बताउनुभयो । “बहुदलीय प्रतिपस्र्धामा विश्वास राख्ने दलहरुले निर्वाचनमार्फत जनताबाट संशोधनका लागि आवश्यक पर्ने जनमत लिएर जसले पनि संशोधन गर्न सक्छ”, उहाँले भन्नुभयो, “जनतामाझ संशोधनको मुद्दा लिएर निर्वाचनमा जान र संशोधनका लागि आवश्यक पर्ने मत आएमा संशोधन गर्न कसैले रोक्दैन ।”

संविधानसभाका पूर्वअध्यक्षसमेत रहनुभएका नेता नेम्वाङले संविधान कार्यान्वयनका पक्षमा सरकारले तीव्रगतिमा काम गरिरहेको र आवश्यक ऐन कानून बनिसकेकाले अब विकास र समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “सरकारले आवश्यक कानून निर्माण गरी काम गर्ने बाटो र आधार तयार गरेको छ”, उहाँले भन्नुभयो, “नेकपाको सरकारले अब ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यमा तीव्रगतिमा अघि बढ्नेछ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेता नेम्वाङले सङ्घीय र प्रदेश सरकारको काम कारवाहीलाई सहयोग गर्दै स्थानीय सरकारका जनप्रतिनिधि अघि बढ्नुपर्ने उल्लेख गर्दै स्थानीय सरकार जनतालाई सेवा दिने तह भएकाले जनमुखी र छिटोछरितो सेवा दिएर परिवर्तनको आभाष दिन जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य धीरेन्द्र शर्मा ‘रमण’ले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिले कामबाट प्रश्न गर्नेलाई जवाफ दिनुपर्ने बताउनुभयो । पार्टी र स्थानीय सरकार एक सिक्काका दुई पाटा भएकाले सरकारमा पुग्ने नेता र पार्टी चलाउने नेताको सम्बन्ध सुमधुर हुनुपर्ने उहाँको भनाइ छ ।

नेकपाका इलामका अध्यक्ष रामबहादुर रानाले अहिले पार्टीका नेता बढी उपभोक्ता समितिमा बस्न खोज्नुले गलत सन्देश जाने भएकाले सचेत भएर काम गर्न आग्रह गर्नुभएको थियो ।

स्थानीय तह विभागका प्रमुख तथा इलाम नगरपालिकाका नगरप्रमुख महेश बस्नेतको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेल, सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गादेवी भट्टराईले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी योजना निर्माण र काम गर्ने बताउनुभएको थियो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com