यसरी नदिमा बगाइयो विश्वकर्मा बाबाको मूर्ति (फोटो फिचर)
प्रकाशित मिति : आश्विन २, २०७६ बिहीबार
देशभर विश्वकर्मा पूजा धुमधामका साथ मनाइएको छ। काठमाडौंमा कलीगढहरुले विश्वकर्मा बाबाको मूर्ति बनाएर विधिवत रुपमा मनाइसकेपछि बिहीबार चोभारमा भव्यतापूर्वक सेलाइएको छ।
उनीहरुले विश्वकर्मा बाबाको माटोको मूर्तिलाई बोकेर चोभारको नदी किनारमा विधित् पूजाअर्चना गरी सेलाएका हुन्। विश्वकर्मा बाबा की जयको नारा लगाउँदै कालीगढहरु चोभार पुगेका थिए।
प्राचिन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।
दीपेन्द्र ढुंगानाको फोटो फिचर
















