भारतीय  माग्नेको अखडा पोखरा, पर्यटकको कपडामै झुण्डिन्छन्


प्रकाशित मिति : भाद्र ३१, २०७६ मंगलबार

आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै गइरहेको छ । सडकमा प्राकृतिक दृश्यावलोकन गर्दै एकतमास हिँडिरहेका पर्यटकमाथि बाटो छेऊ बसेर माग्ने र उस्तै परे कपडामै झुण्डिएर माग्ने बानी परेकाबाट लेकसाइड डुल्ने पर्यटक आजित बनेका छन् ।

लेकसाइडमा भारतीयमूलका महिला र बालबालिका बढी मात्रामा देखिन्छन् । झुत्रा कपडासहित एक दुई महीनाका बच्चा च्यापेर सडकमा सहानुभूतिको व्यापार गरिरहेका प्रति मानवीयता दर्शाउनु स्वाभाविक भए पनि यसले गलत सन्देश जाने ट्रेकिङ इक्विपमेन्ट एशोसिएसन पोखरा ९टेसा०का द्वितीय उपाध्यक्ष एवं पर्यटन व्यवसायी प्रमोद भण्डारीले बताए ।

उनले भने, “एउटा मुलुकको पर्यटकीयस्थलमा अर्को मुलुकबाट आएका नागरिकको मगन्ते प्रदर्शनले पोखरा घुम्न आएका पर्यटकले आफ्नो मुलुक फर्कंदा कस्तो सन्देश लिएर जालान् ?”

आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ मनाइरहेका सन्दर्भमा सडकभरि देखिने मगन्ते प्रदर्शनप्रति सरोकारवाला निकायको ध्यान नजानु दुःखको कुरा भएको पश्चिमाञ्चल होटल सङ्घका कोषाध्यक्ष पार्वती पाण्डेको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“बिहान ६ः०० बजेदेखि रातिसम्म पनि पर्यटकलाई माग्नेहरुले सास्ती दिएको देखिन्छ, सरोकारवाला निकायले दीर्घकालीन समस्याको समाधानतिर ध्यान नदिँदा यो सधैँको समस्या बनिरहेको छ”, उनले भने, “धेरै विदेशी पाहुनाले बाटोमा निस्कँदा बित्तिकै माग्नेले कपडा तान्ने गरेको भन्दै गुनासो गर्न आउँछन्, यसले पक्कै राम्रो सन्देश जाँदैन ।”

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष जगत पहारीले स्थानीयवासीबाट यस विषयमा गुनासो आइरहेको बताए । “माग्नेहरुका बारेमा स्थानीयवासीबाट निकै गुनासो आएको छ, यसको व्यवस्थापनका लागि वडा प्रहरी कार्यलयसँग समन्वय गरेर व्यवस्थापन लागि पहल गरेका छौँ ।” अर्को मुलुकको नागरिक भएका र अन्यत्र व्यवस्थापनका लागि ठाउँसमेत नभएकाले यो चुनौतीको विषय बनेको उनको भनाइ छ ।

वडा प्रहरी कार्यालय वैदामका प्रमुख कोमल शाहले प्रहरीले शान्ति सुरक्षाको विषयलाई हेर्ने भएकाले सडकका माग्नेहरुलाई ल्याएर प्रहरी चौकीमा राख्ने ठाउँ नभएको बताए ।

उनले भने, “यो चुनौतीको विषय छ, प्रहरीले धरपकड गरेर ल्याउने कुरा भएन, उनीहरुका लागि व्यवस्थापन गर्ने छुट्टै ठाउँ पनि छैन ।” सरोकारवाला निकायसँग समन्वय गरेर व्यवस्थापनका लागि पहल गर्न प्रहरी तयार रहेको उनको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com