अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदूर हडतालमा


प्रकाशित मिति : भाद्र ३०, २०७६ सोमबार

डेट्रोएट, एएफपी/ अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स ९जिएम० विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल शुरु गरेको छ । मजदूरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदूर हडतालमा उत्रिएका हुन् ।

वालस्ट्रिट जर्नलका अनुसार एक दशकमा पहिलो पटक जिएम विरुद्ध देशव्यापी यतिठूलो हडताल भएको हो । जिएमसँग मजदूरहरुको चारवर्षे करार समाप्त भएको, र नयाँ करार गर्न आनाकानी गरेपछि मजदूरहरु आन्दोलित भएका हुन् ।

डिट्रोइटमा आइतबार राति स्थानीय युनियन नेताहरुको बैठकले हडतालमा जानैपर्ने निर्णय गरेको युनाइटेड अटो वर्कर्स युनियनले ट्वीटमार्फत जानकारी दिएको थियो । “यो अन्तिम विकल्प हो,” जिएमसँग युनियनका मुख्य वार्ताकार टेरी डिटेसले बताउनुभयो । “हामी यस मुलुकका श्रमजीवी मजदूरको आधारभूत अधिकारका पक्षमा अडिग छौं ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएडब्लुका अधिकारीहरुले दुबै पक्षबीचको छलफल विनानिष्कर्ष टुङ्गिएको बताएका छन् । दुबै पक्षबीच ज्याला, स्वास्थ्य सेवा, अस्थायी कामदारको स्थिति र रोजगारीको सुरक्षाका विषयमा विमती रहेको थियो ।
“हाम्रा साथीहरुले कुरा राख्नुभयो, हामीले यस विषयलाई हल्का रुपमा लिने कुरै छैन,” युएडब्लुका राष्ट्रिय मध्यस्थता समितिका अध्यक्ष टेड क्रुमले बताउनुभयो ।

हडताल शुरु केही घण्टाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भन्नुभएको छः “जनरल मोटर्स र युनाइटेड अटो वर्कर्सले मिलेर कुनै सम्झौतामा पुग्नुको विकल्प छैन ।”

वालस्ट्रिट जर्नलका अनुसार जिएममा सन् २००७ मा पछिल्लो पटक हडताल भएको थियो । त्यसबखत देशभर रहेका ८९ भन्दा बढी कारखानाका करिब ७३ हजार मजदूरले दुई दिनसम्म काम बन्द गरेर हडतालमा उत्रिएका थिए ।

जिएमले एक वक्तव्य प्रकाशन गरी युएडब्लुले हडतालमा उत्रिने निर्णय गर्नु दुर्भाग्यपूर्ण रहेको जनाएको छ । जिएमले मजदूरका लागि निकै आकर्षक प्रस्ताव अघि सारेको स्पष्ट गरेको छ । “हामीले असल मनसायका साथ वार्तामा सहभागी भएका थियौं । हाम्रो एक मात्र लक्ष्य हाम्रा कर्मचारी र हाम्रो व्यवसायको राम्रो भविष्य सुनिश्चित गर्नु हो ।”

फोर्ड र फिएट क्रिस्लरमा कार्यरत मजदूरले भने आफ्नो करार नवीकरण गर्न सहमति जनाइसकेका छन्, तर जिएमको व्यवस्थापनले शनिबार मजदूरको करार नवीकरण तत्काल नगर्ने जनाएको थियो ।

जिएमको बजार तुलनात्मक रुपमा निकै बलियो मानिन्छ । गत वर्ष कम्पनीले करिब ११ अर्ब ८० करोड अमेरिकी डलर सञ्चालन मुनाफा कमाएको थियो । तर अमेरिका र अरु मुलुकबीचको व्यापार तनाबले जिएम पनि मन्दीको शिकार हुने अनुमान गरिएको छ । त्यही जोखिमका कारण कम्पनीले आफ्ना मजदूरको संख्यामा निरन्तर कटौती गरिरहेको छ ।

जिएमले गत नोभेम्बरमा उत्तर अमेरिकाका पाँच वटा कार निर्माण कारखाना बन्द गर्ने घोषणा गरेको थियो जसमा अमेरिकाका मिसिगन र ओहायोका कारखाना पनि समावेश छन् ।

जिएमको व्यवस्थापनले अमेरिकी कार निर्माण कारखानाको स्तरोन्नतिका लागि ७ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यसबाट करिब पाँच हजार ४०० को रोजगारी सुनिश्चित हुनेछ । साथै अमेरिकी प्लान्टबाटै पूर्ण विद्युतीय ट्रक निर्माण गर्ने योजना पनि समावेश गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com