नगरपालिकालाई बालबालिकाले किन दिए पाँच रुपैयाँ


प्रकाशित मिति : भाद्र ३०, २०७६ सोमबार

राष्ट्रिय बाल दिवस मनाउन सप्तरीको राजविराजमा भेला भएका बालबालिकाका प्रमुख र उपप्रमुखलाई पाँच रुपैयाँ सहयोग गरेका छन् ।

बाल दिवस मनाउने आश्वासन दिएको नगरपालिकाले कुनै कार्यक्रम नगरेपछि भेला भएका बालबालिकाहरुले बाल दिवस मनाउन व्यङ्यात्मक शैलीमा पाँच रुपैयाँ प्रदान गरेका हुन् ।

जिल्ला बाल सञ्जाल, नगर स्तरीय बाल सञ्जाल तथा बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपालको नेतृत्वमा स्थानीय महादेव मन्दिरको प्रांगणबाट निकालिएको र्याली चर्को नाराबाजी गर्दै नगरपालिका पुगेर प्रमुख शम्भुप्रसाद यादव र उपप्रमुख साधना झालाई ज्ञापनपत्रससहित पाँच रुपैयाँ दिएको जिल्ला बाल सञ्जालका अध्यक्ष बरदान श्रेष्ठले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com