सगुनमा लगानी : जोखिम कि अवसर ?


प्रकाशित मिति : फाल्गुन १२, २०७३ बिहीबार

-बिमल ज्ञवाली

कुनै पनि राम्रो कम्पनीमा लगानी गर्नु भनेको आफ्नो आम्दानीको श्रोत वा भनौ पुँजीलाई बढाउनु पनि हो । अमेरिकामा रहेका गुगल, फेसबुक, माइक्रोसफ्ट, अमेजन जस्ता कम्पनीमा शेयर हाल्नेहरुको सम्पति धेरै गुणा बढेका उदाहरण छन् । अहिलेको विश्वमा उभार आइरहेका कम्पनी भनेका सबै आईटी सेक्टर नै रहेका छन् । भाइबर, स्न्याप च्याट जस्ता कम्पनीहरू अरबौं डलरमा बिक्री भएका छन् । नेपालीहरूद्वारा स्थापित आइटी कम्पनीहरू पनि भोलिका दिनमा यसै रूपमा नबढ्ला भन्न सकिने अवस्था छैन ।

केही नेपालीले सिलिकन भ्यालीमा आइटी कम्पनीको सुरुवात गर्ने जमर्को समेत गरेका छन् भने कोही सानो रूपमा सुरुवात गरिरहेका पनि छन् । यस्तैमा अमेरिकाको डिलावर राज्यमा दर्ता भई सञ्चालनमा रहेको नेपालीहरूद्वारा स्थापित सगुन कम्पनीले समेत मिनी आईपीको स्वीकृति लिएर विश्वभर प्रति कित्ता २३ डलरको ८,६९,५६४ कित्ता शेयर अधिकतम २० मिलियन डलर बराबर हुने गरी क्लास सी शेयर बिक्री गर्न लागिरहेको छ । यो शेयर जारी गर्नु अगाडी कम्पनीमा ३३,६७,१०० थान शेयर रहेकोमा २३,६१,००० क्लास ए शेयर गोविन्द गिरीको नाममा प्रति शेयर १ सेन्टको दरले २३६ डलर मा बिक्री गरेको, ९,९९,८०० क्लास बि कित्ता शेयर नातेदार र साथीभाईहरुलाई प्रति कित्ता १ सेन्टको डरले १०० डलरमा बिक्री गरिएको छ भने क्लास सी को ६,३०० कित्ता शेयर पहिले बाडी सकिएको छ । सबै गरी कम्पनीमा जम्मा ४२,३६,६६४ थान शेयर वा ९,७४,४३,२७२ डलर कुल पुँजी हुन आउनु पर्दछ ।

कम्पनीले अहिले जारी गरेको क्लास सी शेयरबाट २० मिलियन डलर संकलन गरे पश्चात् करिब १०० मिलियन डलर जम्मा हुनुपर्ने हो । तर कम्पनीको अहिले सम्मको अडिट अनुसार घाटामा रहेको छ । अहिले जारी गरिने प्रति कित्ता शेयर २३ डलरले पहिले जारी भएको शेयरको रकम हेर्दा करिब ८० मिलियन डलर हुन आउँछ तर कम्पनीमा हाल सो रकम बराबरको सम्पति देखिदैन । कम्पनीमा अब २० मिलियन डलरको शेयर बिक्री भएपश्चात कम्पनीमा हुने सबै रकम कुल शेयर सङ्ख्याको आधारमा भाग लाग्ने हो भने लगानीकर्ताहरु लगानी गरेको भोलीपल्टबाट नै घाटामा जानेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उल्लेख गरिए अनुसार २० मिलियन डलरको शेयर बिक्री भएमा लगानीकर्ताको २० मिलियन ४ मिलियन बराबर हुनेछ । यदि २० मिलियन डलरको शेयर बिक्री नभई १० मिलियन डलरको मात्र बिक्री भएमा करिब १ मिलियन डलर हुन् पुग्दछ ।

कम्पनीको जुन सोच र योजना बनाएर बढेको छ त्यसमा सफल भएमा प्रति कित्ता शेयर बापत लगानी गरेको रकममा प्रतिफल आउन सुरु हुनसक्ने अवस्था आउन सक्दछ । सगुनको अवधारणा अनुसार चित्त बुझेर यसमा लगानी गर्न पनि सकिन्छ तर पुरा रकमको क्लास सी शेयर बिक्री गर्न सकेमा कम्पनी घाटामा गए पनि संचालकहरु भने मुनाफामा नै रहने देखिन्छ ।

माथि उल्लेख गरिएका कुराहरू सगुनले शेयर निष्कासन गर्नको लागि सम्बन्धित निकायमा पेस गरेको डकुमेन्टको आधारमा उल्लेख गरिएको हो, जसमा उल्लेख गरिए अनुसार लगानी कर्ताहरुको रकम डुब्ने खतरा नभएको र संचालकहरु कम्पनी घाटामा गए पनि पोसिने अवस्था नरहेको भएमा प्रस्ट पारि दिएमा सबै नेपालीहरूले नेपालीद्वारा स्थापना गरिएको कम्पनीमा लगानी गर्नको लागि सफल हुनेथिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com