सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका २, दोभान नागथान नजिकै माथिबाट खसेको पहिरोले दुई वटा सवारी साधन पुरेको छ। घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा जीपका चालक कमल परियार रहेको प्रहरीले जनाएको छ । पुरिएको जीपबाट ६ जनाको उद्दार गरिएको छ। पाल्पाबाट बुटवल हिँडेको लु २ च ५९३८ स्कारपियो र बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज २६१७ नम्बरको जिप पुरिएका हुन्।
घाइतेहरुलाई उपचारका लागि लुम्बिनी अस्पताल बुटवलतर्फ लगिएको छ। पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सवारी संचालनका लागि प्रयास थालिएको दोभान प्रहरी चौकीले जनाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।