कुडियाबजार तनावग्रस्त, प्रहरीद्वारा हवाइ फायर


प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार

स्थानीयको दुई पक्षबीच झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको छ । रौतहटको राजपुर–६ कुडियाबजार क्षेत्रमा स्थानीयको झडप नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन दिउँसो १ बजे ३० राउण्ड हवाइफायर र २८ सेल भन्दाबढी अश्रुग्यास हानेको प्रहरीले बताएको छ ।

कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिएको हो । झडपका क्रममा प्रहरीको गाडीमा पनि ढुंगामुढा भएको छ । त्यस क्षेत्रमा डीएसपी नवीन कार्कीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

बुधबार साँझ छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएपछि विवाद सुरु भएको थियो । श्री सप्ताह मुर्ति तोडफोड भएको र त्यस ठाउँमा मुसलमान समुदायको झण्डा देखिएपछि विवाद सुरु भएको हो ।

यसै विषयमा बुधबार राति पनि झडप हुँदा प्रहरीले हवाई फायर र अश्रुग्यास हानेको थियो । विवाद समाधान गर्नका लागि स्थानीय प्रहरी प्रशासनले बिहीबार विहान मुस्लिम अगुवाहरु सँग छलफल गरेको थियो । मुस्लिम अगुवासँगको छलफलपछि प्रहरीले पोखरी किनारमा राखेको झण्डा हटाएको थियो । सोही झण्डा हटाएको विरोधमा बिहीबार दिउँसो प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास हानेको प्रहरीले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com