नेपालका बाढीपीडितको सहयोगार्थ लण्डनमा योगा


प्रकाशित मिति : श्रावण २७, २०७३ बिहीबार

नेपालाका बाढीपीडितको सहयोगार्थ अगस्त २१ मा लण्डनमा योगगुरु मनोक्रान्तिका सम्बाहक विकाशानन्दको योगा तथा प्रवचन कार्यक्रम हुने भएको छ । स्वास्थ्य जीवन जिउने कला र सकारात्मक उर्जा भर्ने एक अत्यन्त उपयोगी साधन योग साधनाका प्रणेता डाक्टर विकासानन्द नेपालदेखि बेलायतसम्म आउनुभएको मौकाको फाइदा बेलायतवासी नेपाली समुदायलार्इ प्रदान गर्दै योगशिविर राखिएको हो ।

गुरु विकाशानन्दबाट योगा सिक्ने अवसर प्रदान गर्दै बाढीपीडितको सहयोग स्वरुप कार्यक्रम आयोजना गरिएको अन्तरास्ट्रिय नेपाली समाज युकेका संयोजक भोला खनालले बताए । 

अनावस्यक कार्यक्रममा पैसा र समय बर्बाद गर्ने परिपाटी भन्दा जीवनमा ३ घन्टाको समय अत्यन्त उपयोगी हुने र जिवनभर उर्जा दिन सफल हुने दावी छ कार्यक्रम सहयोगी जगन कार्कीको ।

कार्यक्रम मार्फत संकलित प्रति व्यक्ति १० पाउण्डबाट खर्च काटेर बाकी सबै रकम बाढी पीडितको सहयोगका लाथि जाने कार्यक्रम संयोजक हेम गुरुङले बताए । अर्का संयोजक बिरेन्द्र श्रेष्ठले यो कार्यक्रमले १० पाउण्डमा खाना, योग शिक्षा र बाढी पीडितलाई सहयोग पनि हुने भन्दै बढी भन्दा बढी जनसमुदायलाई उपस्थित भएर कार्यक्रम सफल पारिदिनु अनुरोध गरेका छन् । कार्यक्रम फेल्थम कम्युनिटी कलेज हलमा हुने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com