बोक्सी आरोपमा मधेसमा मानव मलमूत्र कोच्याइन्छ


प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार

कथित बोक्सी आरोपमा मधेसमा महिलाबाटै महिलाहरु यातना भोगिरहेका छन् । छोरो बिरामी भयो, गाईभैंसीले दूध दिएन भने एक/अर्को छिमेकीलाई बोक्सीको नजरले हेर्न थाल्छन् । बोक्सीलाई बोलीचालीको भाषामा डायन भनिन्छ ।

बोक्सीको आरोपमा कुटिन्छन्, कोहीलाई मानव मलमूत्र कोच्याइन्छ । २०७५–०७६ मा प्रदेश २ मा २० वटा बोक्सीसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

बोक्सी हुन्छ भन्ने अन्धविश्वासले महिलाबाटै महिला यातनाको सिकार बनेका छन् । हुने खाने घरका महिलालाई यो आरोप लाग्दैन । गरिब, विपन्न तथा एकल महिलामाथि नै बोक्सीको तलबार चलाइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com