फिजियोथेरापी दिवसमा निःशुल्क शिविर


प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार

विश्व फिजियोथेरापी दिवसको अवसरमा आइतबार पोखरामा निःशुल्क फिजियोथेरापी शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसिएशन गण्डकीले स्कूल अफ हेल्थ एण्ड एलाइट्स साइन्सेसको सहयोगमा मानवअधिकार चोकमा शिविर गरेको हो ।

शिविर एक सय ४८ लाई सेवा उपलब्ध गराइएको एशोसिएशनका उपाध्यक्ष डाक्टर अजितकुमार पाण्डेले जानकारी दिनुभयो । शिविर उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सबै सरोकारवालासँग समन्वय गरी प्रदेशस्तरीय स्वास्थ्य ऐन बनाइने बताउनुभयो । उहाँले म्याग्दी, पर्वत र स्याङ्जामा डायलासिस सेवा केन्द्र सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले हाडजोर्नी र नशाका बिरामीका लागि औषधिभन्दा व्यायाम आवश्यक छ भन्नुभयो । वरिष्ठ चिकित्सक डा वसन्त ताम्राकारले पछिल्लो समय निजी अस्पतालले पनि प्राथमिकताका साथ फिजियोथेरापी सेवा शुरु गरिरहेकोे बताउनुभयो ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले धेरै व्यक्तिमा हाडजोर्नी र नशाको समस्या बढिरहेको भन्दै सरकारले फिजियोथेरापी सेवा निःशुल्क उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोखरा विश्व विद्यालय बिपिटी कार्यक्रम संयोजक विजय सुवेदीले स्वास्थ्य क्षेत्रका अनुसन्धनात्मक गतिविधिलाई जोड दिँदै आएको बताउनुभयो । कार्यक्रममा एशोसिएशनका अध्यक्ष खड्कसिंह गुरुङ, सचिव डा शिव तिवारी, फिजियोथेरापी स्वीकृति पौडेल, पोविवि बिपिटी कार्यक्रमका उपप्राध्यापक दीपक जोशीलगायतले फिजियोथेरापीका विविध पक्षको बारेमा बोल्नुभएको थियो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com