कुकुर हत्या र गौ हत्याबिरुद्ध प्रदर्शन (फोटो फिचर )


प्रकाशित मिति : भाद्र १८, २०७६ बुधबार

सुर्खेत र खोटाङमा सामूहिक रुपमा गाईगोरु र कुकुर मारिएको बिरुद्ध बिभिन्न संघसंस्थाहरुले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले दुवै घटनाको छानविन गर्दै दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग पनि राखेका छन् ।

पशुपंक्षी प्रति गरिने निर्दयिताको अन्तय गर्नुपर्ने, पशुपंक्षिप्रति बिवेशशिल बन्नुपर्ने, दुवै घटनाका दोषीलाई कारवाही गर्नुपर्ने लगाएतका प्लेकार्ड बोकेर बिभिन्न संस्थाका प्रतिनिधि माइतिघरमा भेला भएका थिए ।

केहि दिनअघि खोटाङ दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा बर्वरतापूर्वक मारिएको थियो भने नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर मारिएको थियो ।

 

विरोध प्रदर्शनमा पुगेका फोटोग्राफर दीपेन्द्र ढुंगानाले खिचेका केही तस्वीरहरु तल ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com