स्थानीय निकायको चुनाव बैशाख ३१ मा


प्रकाशित मिति : फाल्गुन ९, २०७३ सोमबार

लामो समयको अन्यौलतापछि सरकारले स्थानीय निकायको चुनाव आगामी वैशाख ३१ मा गर्ने भएको छ । मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । चुनाव एकैचरणमा हुने जनाइएको छ ।

मन्त्रिपरिषदको निर्णयपछि अब नेपालमा १९ बर्षपछि स्थानीय निकायको निर्वाचन हुने भएको छ । २०५४ सालमा स्थानीय निर्वाचन भएयता चुनाव हुन सकेको थिएन ।  माओवादी शान्ति प्रक्रियामा आएको एक दशकपछि स्थानीय निर्वाचन घोषणा भएपछि बर्षौदेखिको अन्यौलता अब हटेको छ ।

यसअघि राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको बखत स्थानीय चुनाब गराउने प्रयास गरेका थिए। तर त्यो चुनाव राजनीतिक दलहरुले भने बहिस्कार गरेका थिए ।

निर्वाचन आयोगले वैशाख ३१ गते निर्वाचन गर्न सक्षम रहेको बताएपछि सरकारले मिति तोकेको हो । बैशाख ३१ को मितिमा चुनाव गराउन सक्ने नसक्नेबारे प्रधानमन्त्री र मन्त्रीहरुले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादब सहित आयोग पदाधिकारीसँग छलफल गरेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com