नाकामा नेपाली लुटिए !


प्रकाशित मिति : भाद्र १४, २०७६ शनिबार

कञ्चनपुरको गड्डाचौकी नाकामा लुटिएका एक नेपाली युवकको उद्धारका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको टोली यहाँ आइपुगेको छ ।
कञ्चनपुरको गड्डाचौकीबाट आज बिहान भारतमा मजदूरी गरेर घर फर्किरहेका कैलालीको घोडाघोडी नगरपालिकाका हेमन्त बुढामगरको नगद र सामान लुटिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले गड्डाचौकीमा हालै स्थापना गरेको सीमा सहायता कक्षको सम्पर्कमा आएका युवक बुढामगरको उपचार एवं उद्धारका लागि मन्त्रालयका निमित्त सचिव तेजप्रकाश जोशी यहाँ आइपुग्नुभएको छ ।

महाकाली अञ्चल अस्पतालमा उपचारका लागि युवकलाई ल्याइएको भन्दै निमित्त सचिव जोशीले घटनाको सघन अनुसन्धान र लुटपाट गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउन पहल गर्ने बताउनुभयो ।

“सीमा सहायता कक्षबाट खबर पाउनासाथ हामी युवकको उद्धारका लागि आएका हौं ।” उहाँले भन्नुभयो–“अहिले युवक अर्धचेत अवस्थामा भएकाले घटनाको पूरै विवरण लिन सकिएको छैन ।”
प्रदेशको कानून मन्त्रालयले कञ्चनपुरको गड्डाचौकी र कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकामा सीमा सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com