खण्डहर बन्दै मुक्त हलिया बस्ती


प्रकाशित मिति : भाद्र १४, २०७६ शनिबार

विमलबहादुर विष्ट/ जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको मुक्तहलियाको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर बन्दै गएको छ । पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवारका लागि स्थापना गरिएको उक्त बस्तीमा कोही पनि नबस्दा बस्ती खण्डहरमा परिणत हुँदै जानथालेको छ ।

सरकारले यसै वर्ष पुनःस्थापनाको काम सक्ने बताए पनि प्रभाकारी कार्यान्वयन नहुँदा वास्तविक पुनःस्थापना हुनेमा शङ्गा पैदा गरेको छ । सरकारले निर्माण गरेको उक्त बस्तीमा पानी बिजुली नहुँदा मुक्त हलिया बस्न नसकेको उक्त सामूहिक बस्तीमा घर भएकी मुक्त हलिया चन्नरी कोलीले बताउनुभयो । हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम विकासका पूर्वाधार हुनपर्ने कार्यविधिमा उल्लेख भए पनि बगलेकको जङ्गलमा बस्ती बसाउँदा समस्या भएको मुक्तहलिया बताउँछन् ।

हलियालाई पुनः हलिया नै बनाई राख्नका लागि बगलेकको जङ्गलमा बस्ती राख्न प्रपञ्च गरिएको हलिया अभियान्ता गोरखबहादुर सार्कीले बताउनुभयो । कर्मचारी अभाव भएका कारण जिल्लाभरि मर्मत तथा निर्माण भएका सबै घरको अनुगमन गर्न नसकिएको घर अनुगमनको जिम्मा पाएका जिल्ला मालपोत कार्यालयका प्रमुख सुनिलसागर जोशीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुक्त हलिया पुनःस्थापना बस्तीमा एक घर पनि मापदण्डअनुसार नबनेका स्थानीयको आरोप छ । बस्तीमा जस्तापाताले छाएका घर भुईंतले मात्र छन् भने उचाइ सात फिटभन्दा तल छ । पूर्वीचौकी गाउँपालिकको बगलेकमा मापदण्डअनुसारका घर नबनेको जानकारी आफूलाई पनि प्राप्त भएको प्रमुख जोशीले स्वीकार गर्नुभयो । दुई कोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहराजस्तो घर निर्माण गरेर मुक्तहलियाले अनुदान लिने गरेका छन् ।

नेपाल सरकारले जग्गा खरीदका लागि रु दुई लाख र घर निर्माणका लागि रु तीन लाख २५ हजार दिएको भए पनि घर निर्माण गर्दा करीब रु एक लाख १२ हजारमात्र खर्च गरेको एक मुक्तहलिया दीपक कोलीले आरोप लगाउनुभयो । बस्तीमा निर्माण गरिएका घरको झ्याल ढोकासमेत नभएको मुक्त हलिया समाजका पूर्वअध्यक्ष डम्मर विकले आरोप लगाउनुभयो ।

विसं २०७४ असारमा नमूना हलिया बस्ती निर्माणका लागि अन्तिम तयारी गरेको अबस्थामा आर्थिक चलखेल भएको खबर बाहिरिएपछि जग्गा खरीदका लागि काटिएको रु ७८ लाखको चेक कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरिएको थियो । हनुमान हर्टिकल्चर प्रालिको नाममा रहेको उक्त जमीन विसं २०७५ असारमा फेरी १८ जनाले व्यक्तिगत जग्गा खरीद गरेर पास भएको छ । मुक्तहलिया बस्दै आएको ठाउँबाट एक घण्टाको दूरीमा रहेको उक्त जमीन सुविधा नरहेको जानकारी हुँदाहुँदै पनि किन जमीन खरीद गरियो यो भने रहस्यको विषय बनेको छ ।

वडा नं २ बगलेक र दिपायल सिलगढी नगरपालिका वडानं ७ मा मुक्तहलियाका ३० परिवारको पुनःस्थापनाका लागि जग्गा खरीद तथा घर निर्माण गरिएको छ । प्रतिपरिवार रु पाँच लाख २५ हजारको लगानी भएको भए पनि हाल उनीहरु पुरानो घरमा बस्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com