काठमाडौं विमानस्थलमा आन्तरिक उडानका लागि पनि कम्तीमा एकघण्टा अगाडि पुग्नुपर्ने


प्रकाशित मिति : भाद्र १०, २०७६ मंगलबार

विमानस्थलले यात्रुको सुरक्षा जाँच प्रक्रिया लम्ब्याएपछि काठमाडौं विमानस्थलको आन्तरिक उडानमा नियम परिवर्तन गरिएको छ । अब उडान समयभन्दा १ घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने भएको छ ।

विमानस्थलमा नियम परिवर्तन भएपछि एयरलाइन्सले यात्रुका लागि सूचना समेत जारी गरेको जनाइएको छ । अन्तर्राष्ट्रिय उडानमा जस्तै सुरक्षा जाँच गर्ने नियम विमानस्थलले लागू गरेका कारण यात्रुलाई १ घण्टा अघि विमानस्थल पुग्न यति एयरलाइन्सहरुले आग्रह गरेका हुन् ।

आन्तरिक उडानका लागि सामान्यतया ३० मिनेटअघिमात्र यात्रुहरू पुगे पनि हुनेमा काठमाडौं विमानस्थलमा नियम परिवर्तन भएपछि आन्तरिक टर्मिनलमा यात्रुहरूको लाइन लाग्ने गरेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था आइकाओको मापदण्डअनुसार सुरक्षा जाँचमा कडाइ थालेको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com