अमेरिकाबाट डिपोर्ट गर्नुपर्ने व्यक्तिका सुचीमा १५२० जना नेपाली


प्रकाशित मिति : फाल्गुन ९, २०७३ सोमबार

-किशोर पन्थी

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको डिपोर्ट गर्नुपर्ने व्यक्तिका सुचीमा १५२० जना नेपालीहरु रहेको विभिन्न तथ्यांकले देखाएको छ । उनीहरुका ठेगानामा कुनै पनि बेला आइसका एजेण्टहरु पुग्न सक्छन् । उनीहरु पक्राउ पर्न सक्छन् । उनीहरुले टीपीएस लगायतका कुनै कागजात देखाएमा देशनिकाला हुनबाट बच्न सक्छन् । वा टीपीएसको अवधि सकिएपछि उनीहरु डिपोर्टमा पर्न सक्छन् । अन्यथा उनीहरु अहिले नै देशनिकालाको उच्च जोखिममा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१५ मा अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरु १२८ जना थिए भने अदालतबाटै स्वेच्छिकरुपमा अमेरिका छाड्न आदेश पाउनेहरु १२ जना रहेका थिए । तर रिपोर्ट अनुशार ६ जना अपराध प्रमाणित भएका र १४ जना अपराध नगरेकासहित २० जना इमिग्रेशनको डिपोर्टमा परे भने ३९ जना अमेरिकाबाट फिर्ता भए । यसरी हेर्दा ८१ जना नेपालीहरुले सन् २०१५ मा अमेरिकाबाट डिपोर्टको आदेश पाइसकेपछि पनि अमेरिका छाडेनन् । उनीहरु अब आइसको निशानामा छन् ।

अमेरिकामा कागजपत्रविहिनहरुलाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका एजेन्टले पक्राउ गर्न थालेपछि अमेरिकामा रहेका कागजपत्रबिहिन नेपालीहरु पनि आतंकित भएका छन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले अपराध गरेका कागजपत्रबिहिनहरुलाई मात्र नभई आपराधिक रेकर्ड नभएकाहरुलाई पनि छापा मारेर नियन्त्रणमा लिन थालेपछि नेपालीहरुमा थप त्रास बढेको हो । आइसले विभिन्न स्थानमा छापामारेर नियन्त्रणमा लिएकामध्ये २५ प्रतिशत व्यक्ति कुनै आपराधिक रेकर्ड नभएकाहरु पनि छन् ।

आप्रवासीहरुका लागि सुरक्षित भनिने स्यांचुअरी सिटीहरुमा आइसले गतिविधि तीब्र पारेपछि आप्रवासीहरुमा त्राहीमाम बढेको हो । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले पक्राउ परेकाहरुको राष्ट्रियता विवरण खुलाएको छैन । तर छापमार्ने क्रममा पक्राउ पर्नेहरुमा पनि नेपालीहरु पनि रहेको विभिन्न श्रोतहरुले जनाएका छन् । न्युयोर्कको लङ आइल्याण्डले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले पक्राउ गरेर केही घण्टा नियन्त्रणमा लिएपछि छाडिदिएको जानकारी आफूले प्राप्त गरेको न्युयोर्कका कानुन व्यवसायी रमेश श्रेष्ठले खसोखासलाई जानकारी दिनुभयो ।

आइसको निशानामा १५२० नेपाली

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले अपराध गरेकाहरु र अमेरिकी अदालतबाट डिपोर्टेशनको आदेश पाइसकेकाहरुलाई पनि निशानामा राख्दै आएको छ । अपराध गरेर अध्यागमन अदालतबाट डिपोर्टेशनको आदेश पाइसकेका व्यक्तिहरुको ठेगाना इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइससँग पनि हुने भएकाले त्यस्ता ठेगानाहरुमा पुगेर छापा मारिएको छ भने कतिपय स्थानमा कार्यस्थलमा पुगेर समेत छापा मारिएका घटनाहरु सार्वजनिक भएका छन् ।

अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाइसकेका तर विभिन्न कारणले अमेरिका नछाडेकाहरु अपराध नगरेको भएपनि आइसको निशानामा पर्ने गरेका छन् । विगत १८ बर्षको रेकर्ड हेर्दा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको निशानामा रहेका नेपालीहरुको संख्या १५२० रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, एक्ज्युकेटिभ अफिस फर इमिग्र्रेशन रिभ्यु, इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस र युएससीआईएसबाट प्राप्त तथ्यांकले देखाएको छ । ती १५२० जना नेपालीहरु इमिग्रेशन अदालतबाट डिपोर्टको आदेश पाइसकेका तर विभिन्न कारणले अमेरिकाभित्रै लुकिछिपी वा खुलेआम बसिरहेकाहरु हुन् ।

उनीहरुमध्ये अधिकांशको ठेगाना इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइससँग भएकाले उनीहरुका घरमा कुनैपनि बेला आइसका एजेण्टहरु छापामार्न आउन सक्छन् । उनीहरुले अदालतबाट देशनिकालाको आदेश पाइसकेपछि कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिई त्यत्तिकै अमेरिकामा बसिरहेको सन्दर्भमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नियन्त्रणमा लिएको खण्डमा विना कुनै अवरोध डिपोर्ट हुनसक्ने जोखिममा छन् ।

अहिलेको सन्दर्भमा उनीहरुका लागि टीपीएस बरदान सावित भएको छ । यदि उनीहरुले टीपीएसका लागि आवेदन दिएको र प्राप्त गरेको खण्डमा भने उनीहरु पक्राउ पर्दा टीपीएसको कागजात देखाएर टीपीएसको अवधि सकिएपछिमात्र डिपोर्ट हुनेगरी तत्कालका लागि डिपोर्ट हुनबाट बच्न सक्छन् । यस्तो अवस्थामा उनीहरुको कुनै आपराधिक रेकर्ड भने हुनुहुँदैन । तर टीपीएसको लागि समेत आवेदन नदिएकाहरु भने डिपोर्ट हुने उच्च जोखिममा रहेका छन् । टीपीएस प्राप्त गरिसकेको भएतापनि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको रेकर्डमा ती १५२० जना नेपालीहरु देशनिकालाका लागि योग्य व्यक्ति (डिपोर्टेवल) को सुचीमा रहेकाले उनीहरुको घरमा कुनैपनि बेला आइसले छापामार्न सक्ने जनाइएको छ ।

को हुन् ती १५२० ? बिस्तारमा जान्न खसोखास साप्ताहिकको गत शुक्रबारको अंक हेर्नुहोला ।

सर्वाधिकार खसोखास साप्ताहिकमा सुरक्षित । 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com