भाञ्जीलाई करणी गर्ने, वडा सचिवविरुद्ध मुद्दा दर्ता


प्रकाशित मिति : भाद्र ७, २०७६ शनिबार

ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन् ।

भदौ १ गते स्थानीय एक २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा वडा सचिव कट्वालविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

यसैगरी प्रहरीले बलात्कार आरोपमा एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ । सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका–६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो । नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मङ्गलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरेर मुद्दा चलाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com