दर्शनार्थीलाई सुरक्षा


प्रकाशित मिति : भाद्र ५, २०७६ बिहीबार

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा पाटन दरबार क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । लाखौँ हिन्दूधर्मावलम्बीले दर्शन गर्ने कृष्ण मन्दिरमा भक्तजनको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ ।

आज रातिदेखि पाटन दरबार सङ्ग्रहालयमा भक्तजनको घुइचो लाग्ने भएकाले सुरक्षाकर्मी परिचालन गरिने महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । कृष्णको दर्शन गर्न भक्तजन आजैदेखि लाम लागिसकेका छन् । राति १ बजे भगवान् कृष्णको नित्य पूजा समाप्त भएपछि दर्शनका लागि भक्तजनको घुइचो लाग्ने गर्छ ।

भक्तजन बढ्ने भएपछि रातिदेखि नै लाम बस्ने गरेको स्थानीय काली श्रेष्ठले बताउनुभयो । पाटनस्थित मङ्गल टोल सुधार सङ्घले व्यवस्थापनका लागि करीब ३०० सदस्य तथा अन्य सङ्घसंस्थाले समेत झण्डै ३०० स्वयमसेवक खटाउने निर्णय गरेको सङ्घका सचिव रविदर्शन धारीले बताउनुभयो । मन्दिर पुनःनिर्माण गरिएपछि दुई वर्षदेखि भक्तजनलाई मन्दिरमै गएर दर्शन गर्न दिन थालिएको उहाँले बताउनुभयो ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com