तीज व्यापार मेला हुने


प्रकाशित मिति : भाद्र ४, २०७६ बुधबार

महिला उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्श र महिला चेम्बरले संयुक्त रुपमा यही भदौ ६ गतेदेखि दोस्रो तीज व्यापार मेला २०७६ आयोजना गर्ने भएको छ ।

जमलस्थित चेम्बर भवनमा दुई दिनसम्म चल्ने सो मेलामा महिला उद्यमी व्यवसायीले आफ्ना सिर्जनात्मक उत्पादन र सेवाको प्रदर्शनी गर्नेछन् ।
मेलामा काठमाडौँका महिलाद्वारा प्रवद्र्धित ५० फार्म-कम्पनी, सङ्घ–संस्थाको सहभागिता रहने चेम्बरले जनाएको छ । मेलाको ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com