यसरी पक्राउ परे बैंकको १८ करोड रकम हिनामिना गर्ने शाखा प्रबन्धक


प्रकाशित मिति : भाद्र ४, २०७६ बुधबार

जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई छ ।

बैंकको करीब रु १८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार आरोपित बुढाथोकीले बैंकको रु १७ करोड ९९ लाख हिनामिना गरेका थिए । बैंकको केन्द्रीय कार्यालयको उजुरीका आधारमा लमहीबाट उहाँलाई पक्राउ गरिएको हो ।

बुढाथोकीले ३५ जना नक्कली ऋणी तयार गरी आफूलाई फाइदा हुने गरी बैंकबाट पैसा झिकेको बैंकले जनाएको छ । आरोपित बुढाथोकीलाई थप अनुसन्धानका लागि आजै नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ । दाङमा वाणिज्य इजलास नभएकाले नेपालगञ्ज पठाइन लागिएको प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

घोराही–१५ भरतपुर निवासी बुढाथोकी २०६७ देखि बैंकमा कार्यरत हुनुहुन्थ्यो । डेढ वर्षअघि मात्रै उहाँ प्रबन्धकका रूपमा नियुक्त भएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मूर्तिमा सुनको जलप लगाएर बिक्री गर्ने पक्राउ

बुद्धको मूर्तिमा सुनको जलप लगाएर सुनको मूर्ति भन्दै महँगो मूल्य बेच्ने गरेको आरोपमा दाङमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले दाङको राजपुर नाका हुँदै छिमेकी देश भारत गएर जलप लगाएको बुद्धको मूर्तिलाई ‘सुनको मूर्ति’ भन्दै महँगो मूल्यमा बेचेका थिए । मूर्ति बेचेर जिल्लाकै भैंसाही नाका हुँदै फर्कंदै गर्दा गोप्य सुराकीको आधारमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवत्ता शाहका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–५ बरुवागाउँ निवासी २७ वर्षीय हिराबहादुर विक, बाँकेको कोहलपुर नगरपालिका–२ प्रेमनगर निवासी ४२ वर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री, रोल्पाको त्रिवेणी गाउँपालिका–९ निवासी ४३ वर्षीय प्रकाश केसी र जाजरकोटको बारेकोट गाउँपालिका–८ निवासी २७ वर्षीय शिव सिंह भनिने पूर्ण विक रहेका छन् ।

प्रवक्ता शाहले बुद्धको मुर्ति काठमाडौँमा किनेर त्यसमा सुनको जलप लगाई दाङको नाका हुँदै भारतमा गएर झुक्याएर महँगो मूल्यमा बेचेको खुल्न आएको बताउनुभयो । उहाँले उनीहरु सबैलाई सुराकीको आधारमा पूर्वपश्चिम राजमार्गअन्तरगत दाङको लमही नगरपालिका–९ जलकुन्डी क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

“उनीहरुलाई रकम भागवन्डा गरिसकेर राजमार्ग क्षेत्रमा आ–आफ्नो घरतर्फ जान बस कुरिरहेको अवस्थामा पक्राउ गरिएको हो”, प्रवक्ता शाहले भन्नुभयो, “उनीहरुकै बीचबाट सूचना प्राप्त भएपछि प्रहरीलाई सजिलो भएको हो ।”

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखेर अनुसन्धान सुरु गरिएको प्रवक्ता शाहले जानकारी दिनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com