भारत–पाकिस्तानलाई नेपालीको दबाब


प्रकाशित मिति : भाद्र ३, २०७६ मंगलबार

भारतले जम्मुकस्मिरमाथि चालेको पछिल्लो कदमसँगै चिसिएको भारत–पाकिस्तान सम्बन्ध सुधार्न ध्यानाकर्षण गराउँदै काठमाडौंमा प्रदर्शन भएको छ।

हिंसात्मक गतिविधिलाई प्रोत्साहन नगर्न, वार्ता र संवादमार्फत सो क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न/गराउन मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित भारतीय र पाकिस्तानी दूतावासअगाडि धर्ना दिएको छ। जम्मुकस्मिरको विषयका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) निस्क्रिय हुन नहुने भन्दै समाजले दुवै मुलुकको ध्यानाकर्षण गराएको हो।

यस्ता विषयको ध्यानाकर्षण गराउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका पाकिस्तानी समकक्षी इमरान खानलाई लेखिएको पत्र दूतावासलाई हस्तान्तरण गरिएको छ । सार्क राष्ट्रका नागरिकमा मित्रता बढाउन, शान्ति र अमनचयन कायम गर्न र सार्कलाई पूर्ववत् अवस्थामा सक्रिय गराउन ध्यानाकर्षण गराउँदै पत्र बुझाइएको समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com