सरकारी कार्यालयमा नक्कली छाप तथा कागजात कीर्ते गर्ने पक्राउ


प्रकाशित मिति : भाद्र ३, २०७६ मंगलबार

नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौँको नागार्जुन नगरपालिका–८ का ३३ वर्षीय विनोद बरूवाल र नागार्जुन नगरपालिका–५ बस्ने रेनु लामालाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

विगत केही समयदेखि काठमाडौँ उपत्यकाभित्र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका महत्वपूर्ण कागजात तथा छापको दुरुपयोग भइरहेको भन्ने सूचनाको आधारमा खोजी गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा जारी भएको राहदानी १७ थान, डिलक्स लेखिएको विद्यार्थीको नामसहित विवरण भएको रजिष्ट्रार, विभिन्न कार्यालयको रबर छाप ३९ थान, पेनड्राइभ ११ थान र विभिन्न व्यक्तिको नाममा रहेको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको जनाइएको छ ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com