गौरा भित्र्याइयो, ‘बिरुडा’ को विशेष महत्व


प्रकाशित मिति : भाद्र ३, २०७६ मंगलबार

सुदूरपश्चिम प्रदेशको मौलिक सांस्कृतिक गौरा पर्वको चहलपहल यस क्षेत्रमा शुरु भएको छ । आज भदौ पञ्चमी तिथिका दिन यो पर्व मनाउने समुदायका श्रद्धालु महिलाले आआफ्नो घरमा धार्मिक अनुष्ठानका साथ पाँच थरीका गेडागुडी अर्थात् ‘बिरुडा’ को व्यवस्थापन गरेका छन् ।

महिलाले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा मास, गहत, कलौ, चनालगायतका पाँच थरीका गेडागुडी भिजाएर व्यवस्थापन गरेपछि औपचारिक रुपमा गौरा पर्व शुरु भएको मानिन्छ ।

व्रतालुु महिलाले सामूहिक रुपमा धान, स्याउ, अपामार्ग, कुस लगायतका बोट बिरुवाबाट गौरा भगवतीको प्रतिमा तयार पारेर अनुष्ठानका साथ गौरा भित्र्याउने गर्दछन् । गौरा भित्र्याइसकेपछि व्रतालु तथा श्रद्धालु महिलाले गौरी भगवती र महेश्वर(शिव) भगवानको पूजा अर्चना गर्ने गर्दछन् ।

पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ को विशेष महत्व छ । ‘बिरुडा’ लाई गौरा र महेश्वरको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादको रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसरी खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वाससमेत छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो पर्व मनाउन धनगढीको वनदेवी, नैनादेवी, शिवपुरीलगायतका मन्दिरका साथै गौरा घरमा विशेष तयारी गर्न लागिएको छ । पूजाको काम सकिएपछि हरेक दिन महिला पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी, देउडा, खेल खेलेर रमाइलो गर्ने गर्दछन् ।

पौराणिक कालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिको रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकोले सोही बेलादेखि यो पर्व मनाउने गरिएको किंवदन्ति छ । गौरा सर्वशक्तिमान भएको विश्वासमा यो पर्व मनाउन थालिएको पनि अर्को भनाइ रहेको छ ।

यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने, इष्टकूल देवता खुशी हुने विश्वास गरिन्छ । अनुकूल तिथिका दिन यो पर्व विसर्जन गरिन्छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com