‘अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर’


प्रकाशित मिति : श्रावण ३२, २०७६ शनिबार

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर रहेको बताउनुभएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र कुलेश्वरको आयोजना तथा नेपाल नेशनल अस्पताल कलङ्कीको सहकार्यमा आज यहाँ आयोजित ‘अस्पताल सुरक्षासम्बन्धि छलफल तथा अन्तक्र्रिया’मा उहाँले अस्पतालको सुरक्षाका लागि प्रहरी जहिले पनि चनाखो रहेको उल्लेख गर्नुभयो ।

अस्पतालमा हुने घटनापश्चात् भित्रभित्रै पैसा दिएर समस्या सल्टाउने समस्याका कारण अस्पताललाई थप चुनौती थपिएको उहाँको भनाइ थियो । परिसर प्रमुख सुवेदीले अस्पतालमा घट्न सक्ने सम्भावित घटनालाई विज्ञ टोली बनाएर समाधान गर्नतर्फ अस्पताल प्रशाासन लाग्नुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले अस्पतालजस्तो पवित्र स्थानलाई कमाई खाने भाँडो नबनाई सामाजिक सेवाको भावले जनताको सेवा गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल नेशनल अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडेलले अस्पतालमा हुने सुरक्षा चुनौतीलाई कम गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । –––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com